बजेटमा लुम्बिनी: पुरानै आयोजनालाई निरन्तरता

बजेटमा लुम्बिनी: पुरानै आयोजनालाई निरन्तरता

बुटवल: अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा बृहत्तर लुम्बिनी विकाससहित पर्यटन, पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

बजेटमा लुम्बिनी प्रदेशका दर्जनौँ ठूला योजनाको निरन्तरता छ भने केही नयाँ योजना समावेश भएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, पर्यटन क्षेत्रका योजनाहरुमा बजेट बिनियोजन गरिएको छ ।

चार दशकदेखि थाती रहेको लुम्बिनी विकास गुरुयोजनालाई २ वर्षभित्र सक्नेगरी बजेट राखिएको छ । बृहत्तर बौद्ध सर्किट निर्माणका लागि डेढ अर्ब बजेट बिनियोजन भएको छ । रामग्राम, तिलौराकोट, लुम्बिनीसहितका क्षेत्र बौद्ध सर्किटमा छन् । त्यस्तै तिलौराकोटलाई विश्वसम्पदा सूचिमा राख्न प्रक्रिया थालिने अर्थमन्त्री पौडेलले बताए ।

अर्थमन्त्री पौडेलका अनुसार बुटवलको सरकारी मेडिकल कलेजको निर्माण कार्य शुरु गरिने गरी बजेट बिनियोजन भएको छ । यो मेडिकल कलेज शंकरनगरमा निर्माण गर्ने गरी कार्यालय स्थापना गरिएको छ ।

त्यस्तै सैनामैनाको कर्साघाटमा कृषि थोक बजार निर्माण गर्न बजेट बिनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए । अर्घाखाँचीमा कृषि भण्डारण केन्द्र बनाइने भएको छ ।

तिनाउ दानव नदी नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइएको छ । कालीगण्डकी–तिनाउ सिचाई आयोजनालाई बजेट राखिएको छ । पाल्पामा मौसमी राडर निर्माण गरिने गरी बजेट बिनियोजन भएको छ ।

रुपन्देहीको मोतिपुर र बाकेको नौवस्था औद्योगिक क्षेत्रको पूर्वाधार २ वर्षभित्र सकिने योजना बजेटमा छ । बर्दियाको राजापुरका विशेष आर्थिक क्षेत्र बनाउन विस्तृत अध्ययन गरिने भएको छ ।

भैरहवा र नेपालगञ्जको एकीकृत जाच चौकी निर्माण सक्ने योजना बजेटमा समावेश भएको छ । भैरहवाको बेलहियामा २ हजार गाडी अट्ने पार्किङस्थल बनाईने  गरी बजेट बिनियोजन अर्थमन्त्री पौडेलले गरेका छन् ।

गुल्मीको रुरु क्षेत्रको विकासका लागि आवश्यक बजेट बिनियोजन भएको छ । जितगढीको विकास गर्न बजेट छुट्टिएको छ । भैरहवा र नेपालगञ्जको क्रिकेट मैदान निर्माण सम्पन्न गर्न बजेट बिनियोजन गरिएको छ ।

पाल्पाको बर्तुङ लिफ्ट खानेपानी, झुम्साखोला खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक बजेट बिनियोजन भएको छ । बाके र बर्दियामा बबई भेरी भेरि डाइभर्सनबाट खानेपानीको व्यवस्था गर्ने योजना बनाइएको छ । बाँकेमा रहेको सिक्टा सिचाई आयोजना सम्पन्न गर्न सरकारले १ अर्व ५६ करोड बजेट बिनियोजन गरेको छ । पौडेलले २ वर्षमा बाँकी रहेका निर्माण सम्पन्न गर्ने गरि बजेट छुट्टाएको जानकारी दिए ।

बुटवल–नारायणगढ चार लेनको सडक छिटो सक्ने योजना बजेटमा छ । त्यसका साथै महेन्द्र राजमार्गको बुटवल–कोहलपुर सडकलाई विस्तार गर्न अध्ययन गरिने योजना छ । यी सडक योजनाका लागि १५ अर्ब बढी बजेट बिनियोजन गरिएको छ ।

सिद्धार्थ राजमार्गलाई डेडिकेटेड लाइनमा विस्तार गर्न बजेट बिनियोजन  भएको छ । सिद्धार्थ राजमार्ग सिद्धवावा–दोभान खण्डमा सुरुङ बनाउन बजेट बिनियोजन गरिएको छ । प्रवास–जोर्ते र बर्दघाट–दुम्किबास सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

बुटवल–भैरहवा–लुम्बिनी सडकमा साझेदारीमा विद्युतीय बस चलाउन अनुदान दिइने भएको छ । अर्घाखाँची र गुल्मीमा एकीकृत बस्ती निर्माण गर्ने गरी बजेट बिनियोजन भएको छ ।

नेपालगञ्ज, सिद्धार्थनगर, परासी, तौलिहवा, गुलरिया लगायतका शहरमा ढल बिकास गर्ने गरी १० अर्ब बढी बजेट बिनियोजन गरिएको छ । बुटवललाई मेगासिटीको रुपमा विकास गर्ने योजना बजेटमा समावेश भएको छ । त्यस्तै बुटवलमा भूमिगत विद्युतीय लाइन बनाइने भएको छ ।

तानसेनमा शहरी पूर्वाधार विकास गरी शहरलाई पुर्नजागृत गर्ने योजना बजेटमा छ । देउखुरीमा पूर्वाधार निर्माण गर्न वित्तिय हस्तान्तरण गरिने भएको छ । रुकुम पूर्व, नवलपरासी पूर्वको पूर्वाधार बनाउन पनि बजेट राखिएको छ ।

गौतमबुद्ध बिमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण र सञ्चालनमा ल्याउन १३ अर्ब बढी बजेट बनियोजन भएको छ । गुल्मीको सिमिचौरमा रहेको बिमानस्थलमा उडान भर्ने गरी बजेट व्यवस्थापन भएको छ । त्यस्तै अर्घाखाँचीको विमानस्थल निर्माणमा बजेट बिनियोजन गरिएको छ । दाङको नारायणपुर बिमानस्थलका लागि बजेट राखिएको छ ।

बुटवल धागो कारखानालाई सञ्चालनका लागि निजी क्षेत्रसंग आह्वान गरिने भएको छ । भैरहवा विमानस्थलमा भन्सार कार्यालय सञ्चालनमा ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.