लुम्बिनीमा भोलि राष्ट्रियसभा उपनिर्वाचन : कसले मार्ला बाजी ?

लुम्बिनीमा  भोलि राष्ट्रियसभा उपनिर्वाचन : कसले मार्ला बाजी ?

दाङ : राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा उप निर्वाचन हुँदैछ । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा उप निर्वाचनको लागि मतदान हुँदै छ । उप निर्वाचनमा दुईजनाको प्रतिस्पर्धामा रहेको छ । 

माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि रिक्त पदमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपानिर्वाचन हुन लागेको हो । माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका खड्का कारबाहीमा परेका थिए । खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सोमबार उपनिर्वाचन हुँदैछ ।

एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ । 

प्रदेशसभा सदस्य ७९ जना र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष २ सय १७ जना गरी कुल २९६ जना मतदाताको नामावली स्वीकृत भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रीमण्डलमा सहभागी भएपछि कारबाहीमा परेका जसपाका सांसद पुनर्वहाली भए पनि मतदाताको नामावलीमा परेका छैनन् । सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि उनीहरु सवोच्च पुगेर सांसद पद जोगाएका थिए । 

राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा ९ जना मतदानमा सहभागी नहुने भएका हुन । ८७ प्रदेशसभा सदस्यबाट ७९ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१७ जनाले मत दिनेछन् । प्रदेश सभामा ८ र स्थानीय तहमा १ गरी ९ जना मतदाताको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको छैन ।
लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष उपनिर्वाचनमा मतदाता हुनेछन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उप्रमुखको मतभार १८ हुन्छ । स्थानीय तहमा कुल मतभार तीन हजार ९०६ छ । प्रदेशसभामा कायम सांसदका आधारमा तीन हजार ७९२ मतभार छ । कुल मतसंख्या सात हजार ६९८ छ ।

विपक्षीको गठबन्धन, एमालेको मत विभाजित हुने अवस्था तथा जसपाका चार सांसद मतदानबाट बञ्चित हुँदा पाण्डेले फराकिलो अन्तरले जित निकाल्ने आंकलन गरिएको छ । विपक्षी गठबन्धन विजयी हुने पहिलो आधार स्थानीय तहको मत देखिएको छ । 

स्थानीय तहमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेलाई बढी मत आउने देखिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष विपक्षी गठवन्धनका बढी छन् । लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ । गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यस अनुसार कांग्रेसका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६४ मतदाता छन् । 

लुम्बिनीमा माओवादी केन्द्रले स्थानीय तहमध्ये नगरपालिकामा ६ स्थानमा प्रमुख र ८ स्थानमा उपप्रमुख तथा गाउँपालिकामा १३ स्थानमा अध्यक्ष र १४ स्थानमा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रसँग स्थानीय तहमा कुल ४१ मतदाता छन । 

तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट लुम्बिनीमा उपप्रमुख १, अध्यक्ष ६, उपाध्यक्ष ४ गरी ११ जना विजयी भएका थिए। तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा भएकाले ११ जनाको मत पनि पाण्डेको पक्षमा खस्ने आकलन छ । तत्कालीन नयाँ शक्तिले एक स्थानमा उपाध्यक्ष पदमा जितेको थियो । उक्त दल समाजवादी हुँदै जसपासँग एकीकरण गरेकाले उसको मत पनि विपक्षी गठबन्धनमै पर्नेछ ।

राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा अध्यक्ष २ र उपाध्यक्ष २ स्थानमा जितेको छ। जनमोर्चाले विपक्षी दलहरुसँगै गठबन्धन बनाएकाले उक्त दलका स्थानीय तहका ४ जनाको मत पनि पाण्डेलाई जाने देखिन्छ ।  

यसरी कांग्रेसका ६६, माओवादी केन्द्रका ४१, जसपाका १२ र जनमोर्चाका ४ गरी स्थानीय तहमा विपक्षी गठबन्धनको १२३ मत छ । स्थानीय तहको मतको आधारमा पाण्डेले दुई हजार २१४ मत प्राप्त गर्नेछन । 

स्थानीय तहमा लुम्बिनीमा एमालेका ९० जना प्रमुख र उपप्रमुख तथा  अध्यक्ष र उपाध्यक्ष छन । प्रमुख १६, उपप्रमुख १७, अध्यक्ष २७ र उपाध्यक्ष ३० जना एमालेबाट विजयी भएका थिए। राप्रपाले प्रमुख १ र उपाध्यक्ष १ स्थानमा जितेको छ। त्यसअनुसार एमालेका उम्मेदवार खड्काको पक्षमा स्थानीय तहका मतदाता ९२ जना हुनेछन । स्थानीय तहबाट खड्कालाई एक हजार ६५६ प्राप्त हुनसक्छ । लुम्बिनीको स्थानीय तहमा स्वतन्त्र २ जनाले प्रमुख र एक जनाले अध्यक्षमा जित निकालेका थिए । स्वतन्त्र रुपमा विजयी भएकाहरुको मत कता खस्छ, एकिन छैन । एमाले विभाजितको अवस्थामा पुगेकाले उक्त दलबाट विजयी सबैले खड्कालाई मत दिने सम्भावना पनि न्यून छ । 

पाण्डेलाई प्रदेश सभाबाट पनि बढी मत आउने देखिएको छ । सभामुखसहित ४१ जना प्रदेश सभा सदस्यको मत पाण्डेको पोल्टामा पर्छ । त्यसअनुसार विपक्ष गठबन्धनका सांसदबाट पाण्डेले एक हजार ९६८ मत प्राप्त गर्नेछन । सत्तारुढ दलका प्रत्यासी खड्काले ३८ जनाको मत प्राप्त गर्नेछन । एमालेका सांसदहरु सबैको मत गणना गर्दा एक हजार ८२४ हुन्छ । माधव पक्षीय सांसद दुईजना प्रदेश सभामा रहेको भनिएको छ । उनीहरुको मत खड्कालाई नजान पनि सक्छ । 
प्रारम्भिक तालिका९दलहरुको दावीअनुसार लुम्बिनी प्रदेशमा मतभार यस्तो छ ।

यस्तो छ अंकगणित 

कांग्रेस माओवादी गठवन्धन ४१×४८ = १९६८
एमाले                ३८×४८ = १८२५
स्थानीय तहतर्फ
एमाले               ९४×१८ =१६९२
काँग्रेस               ६४×१८=१११५
माओवादी              ३७×१८=६६६
जसपा               ११×१८ = १९८
तमलोपा              १×१८ = १८
जनमोर्चा              ५×१८ = ९०
राप्रपा                २×१८ = ३६
स्वतन्त्र                ३×१८ = ५४
नयाँशक्ति               १×१८ =१८


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.