यसरी हुँदैछ लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन (फोटोफिचर)

यसरी हुँदैछ लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन (फोटोफिचर)

दाङ :  लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि जारी मतदानमा अब ८ मत खस्न बाँकी छ ।  बिहान ९ बजेदेखि जारी मतदानमा अहिलेसम्म २ सय ९२ मत खसेको छ ।

कुल ३ सय मतदातामध्ये अहिलेसम्म २ सय ९२ मत खसेको हो । प्रदेशसभा सदस्य ८३ जना सबैले मतदान गरिसकेको र स्थानीय तर्फको ८ मत खस्न बाँकी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा उप निर्वाचनको लागि तीनवटा मतदान स्थल तोकिएको छ। प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो। दुई जनाको प्रतिस्पर्धामा रहेको उप निर्वाचनमा साढे ९ बजेसम्म ३० जनाले मतदान गरेका थिए।

माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि रिक्त पदमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन हुन लागेको हो। माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका खड्का कारबाहीमा परेका थिए। खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन भएको हो।

एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे चुनावी मैदानमा छन्। एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए। उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ। 

प्रदेशसभा सदस्य ८३ जना र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष २ सय १७ जना गरी कुल ३०० जना मतदाताको नामावली स्वीकृत भएको छ। मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रीमण्डलमा सहभागी भएपछि कारबाहीमा परेका जसपाका सांसद पुनर्वहाली भएपछि मतदाताको नामावलीमा हिजो मात्रै समावेस गरिएको थियो।  सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि उनीहरु सवोच्च पुगेर सांसद पद जोगाएका थिए। 

राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा ५ जना मतदानमा सहभागी नहुने भएका हुन्। ८७ प्रदेशसभा सदस्यबाट ८३  जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१७ जनाले मत दिनेछन्। प्रदेश सभामा ८ र स्थानीय तहमा १ गरी ९ जना मतदाताको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको छैन।

लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख उपनिर्वाचनमा मतदाता हुनेछन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उप्रमुखको मतभार १८ हुन्छ। स्थानीय तहमा कुल मतभार तीन हजार ९०६ छ। प्रदेशसभामा कायम सांसदका आधारमा तीन हजार ७९२ मतभार छ। कुल मतसंख्या सात हजार ६९८ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.