चुत्राबेसीका अधिकांश पसलमा छैन मूल्यसूची
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा सञ्चालन भएका अधिकांश किराना पसलहरुले मूल्यसूची नै नराखी दैनिक उपभोग्य सामग्री बिक्री विरतण गरेको भेटिएको छ । जिल्लास्तरीय अनुगमन टोलीले चुत्रोबेसीका किराना तथा दैनिक उपभोग्य वस्तुका पसलमा अनुगमन गर्दा मूल्यसूची नराखेको भेटिएका हो।
अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नै नराखिएको, पसलैपिच्छे वस्तुको मुल्य फरकफरक भेटिएको, विल नकाटिकनै सामान बिक्री गरिएको तथा केही पसलमा म्याद गुज्रेका सामग्री बिक्रीवितरणका लागि राखिएको भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव सुनारले बताए ।
अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री जफत गरिएको छ । मुल्यसूची नराखेका पसलेलाई तत्कालै मुल्यसूची राख्न भनिएको अनुगमनमा सहभागी सन्धिखर्क नगरपालिकाका अधिकृत छैठौं जीवनारायण आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस !
८