१६० यात्रुसहित उडेको विमान बमको धम्कीपछि आपतकालीन अवतरण

१६० यात्रुसहित उडेको विमान बमको धम्कीपछि आपतकालीन अवतरण

बर्लिन: डब्लिनबाट पोल्याण्ड जाँदै गरेको यात्रुवाहक विमान बर्लिनमा आपतकालीन अवतरण भएको छ ।

जर्मन प्रहरीका अनुसार रायन एयरको विमान आइतबार बर्लिनमा अवतरण गरेको हो । तर यसबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।

विमानमा बमको धम्की आएपछि पोल्याण्डको क्राको सहर पुग्नुअघि उक्त विमान आपतकालीन रुपमा बर्लिनमा अवतरण गरिएको जर्मन मिडियाले जनाएका छन् ।

१६० यात्रुसहित उडेको उक्त विमान स्थानीय समय अनुसार आइतबार साँझ ८ बजे बर्लिन ब्रान्डेनबर्ग विमानस्थलमा अवतर भएको थियो । जर्मन प्रहरीका अनुसार विमान अवतरण गरेपछि अधिकृतहरुले सुरक्षा चेकजाँच गरेका थिए । तर कुनै खतरा भेटिएन।

विमानलाई खाली गराएर समेत सुरक्षा चेकजाँच गर्दा कुनै खतरा नभेटिएको प्रहरीको भनाइ छ । रायन एयरकै अर्को यात्रुवाहक विमान एक साताअघि वलपूर्वक बेलारुसमा अवतरण गर्न लगाइएको थियो ।

यस्तै गत वर्षको जुलाइमा पनि रायन एयरकै विमान डब्लिनबाट क्राको जाँदै गर्दा विमानभित्र बम रहेको गलत धम्कीका कारण लण्डनमा आपतकालीन अवतरण गराइएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.