शितगंगामा ट्याक्टर दुर्घटना ४ मजदुर घाइते

शितगंगामा ट्याक्टर दुर्घटना ४ मजदुर घाइते

सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकामा सोमबार भएको ट्याक्टर दुर्घटनामा ४ जना मजदुर घाइते भएका छन् । कपिलबस्तुबाट शितगंगाको सिद्धारामा विद्युत विस्तारका लागि तार लिएर जाँदै गरेको लु ४ त ५४१२ नम्बरको ट्याक्टर गोरुसिंगे सन्धिखर्क सडकको शितगंगा नगरपालिका १२ तारिकेमा दुर्घटना भएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दिप वेल्वासेले बताए  । 

ब्रेक फेल भएर भएको ट्याक्टर दुर्घटनामा विद्युत विस्तारमा काम गर्ने ४ जना मजदुर घाइते भएको र घाइते चारैजनालाई उपचारका लागि प्रादेशिक अस्पतला बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले बताए । ट्याक्टरमा ७ जना सवार रहेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.