खोप बढाउँदै लकडाउन हटाउँदै इजरायल, तर गाजा र वेस्ट ब्यांकका बासिन्दा उपेक्षित

खोप बढाउँदै लकडाउन हटाउँदै इजरायल, तर गाजा र वेस्ट ब्यांकका बासिन्दा उपेक्षित

इजरायल: इजरायलले कोभिड नियन्त्रणका लागि जारी गरेको लकडाउन खुलाउने भएको छ । देशव्यापी रुपमा खोप अभियान गर्दै लकडाउन खुकुलो बनाएको हो ।

खोपको मात्रा बढाएसँगै इजरायलमा पछिल्लो समय संक्रमितको संख्या पनि घट्दो छ । मंगलबारदेखि नै रेष्टुरेण्ट र अन्य मनोरञ्जन स्थलहरुमा प्रवेश गर्दा आम नागरिकले कोभिड खोप लगाएको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ ।

स्वास्थ्य मन्त्री यूली एडेलस्टेनका अनुसार स्वास्थ्य मन्त्रालयमा हाल आगामी दुई सातामा कार्यालयभित्र मास्क लगाउनुपर्ने नियम पनि हटाउनेबारे छलफल भइरहेको छ ।

यससँगै इजरायलको अर्थतन्त्र र आम नागरिकले केही राहत महसुश गर्न पाउनेछन् । यद्यपि विदेशीका लागि भने इजरायलले अझै प्रवेश लगाएको छ । मंगलबार मात्रै इजरायलमा जम्मा चारजना नयाँ कोरोना संक्रमित भेटिएका छन् । र इजरायलमा हाल ३५० जना सक्रिय संक्रमित छन् ।

२०२१ को सुरुमा कोरोना संक्रमण व्यापक रुपमा फैलिरहँदा यहाँ हरेक दिन १० हजार संक्रमित देखिएका थिए । साथै ८८००० सक्रिया संक्रमित थिए ।

इजरायल सरकारले दशौँ लाख मानिसलाई अमेरिकामा विकास गरिएको कोभिड विरुद्धको फाइजर खोप लगाएपछि महामारी नियन्त्रणमा आएको हो । इजरायलमा हाल ५० वर्षभन्दा माथिका ९० प्रतिशत मानिसले खोप लगाइसकेका छन् । वा उनीहरु संक्रमणबाट निको भइसकेका छन् ।

साथै स्कुलहरुमा भने १८ वर्ष मुनिका विद्यार्थीहरुका लागि मास्क अनिवार्य गरिएको छ । जबकि १८ वर्षमुनिका बालबालिकाहरुलाई ठूलो संख्यामा खोप लगाउन अझै बाँकी छ ।

तर इजरायलले वेस्ट ब्यांक वा गाजा क्षेत्रमा बसोबास गरिरहेका अधिकांश प्यालेस्टाइनीहरुलाई खोप नलगाएकोमा इजरायल अन्तर्राष्ट्रिय समुदायमा समेत आलोचित हुने गरेको छ । वेस्ट ब्यांक र गाजामा रहेका इजरायलीहरुलाई भने लगाइएको थियो ।

ती क्षेत्रमा बसोबास गर्ने प्यालेस्टाइनीहरुका लागि प्यालेस्टाइन सरकारले नै खोप लगाउनुपर्ने इजरायल सरकारको जिकिर छ । कोरोनाबाट अति प्रभावित क्षेत्रमध्ये गाजा क्षेत्र पनि एक हो । जहाँ सोमबार २४६ नयाँ संक्रमित भेटिएका थिए । वेस्ट ब्यांकमा भने ५६ जना ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.