दिल्लीको बदलिएको मौसम: १२ वर्षपछिकै चिसो मे महिना

दिल्लीको बदलिएको मौसम: १२ वर्षपछिकै चिसो मे महिना

नयाँदिल्ली: हल्का वर्षा र चिसो हावाले गर्दा यस वर्षको मे महिना भारतको राजधानी नयाँदिल्ली सहरलाई पहिले झैँ गर्मी हुन दिएन ।

दिल्लीस्थित भारतको मौसम विभागका वरिष्ठ मौसम वैज्ञानिक कुलदीप श्रीवास्तवका अनुसार यस वर्षको मे महिना २००८ देखि यताकै सबैभन्दा चिसो रह्‍यो ।

उनका अनुसार यस्तो हुनुका पछाडि दुई वटा मुख्य कारण थिए । "यसका लागि दुई मुख्य कारण थिए । ती हुन् पश्चिमी वायु र चक्रवात । जसले दिल्लीको मौसम प्रभाव बनाए ।," श्रीवास्तवले भने ।

सोमबार दिल्लीको न्युनतम तापक्रम २५ डिग्री सेल्सियस थियो । जुन सामान्य भन्दा तीन अंक तल हो । यहाँको मौसममा अचानक बदलाव आएपछि सप्ताहन्तमा रेकर्ड गरिएको थियो ।

पछिल्लो केही दिनयता नै दिल्ली र छिमेकी क्षेत्रहरुमा हल्का वर्षा र चिसो हावाको वहाव भइरह्यो । र यी क्षेत्रमा यस्तै स्थिर मौसम जुन २ सम्म रहने अपेक्षा गरिएको छ । मौसम विभागका अनुसार यस क्षेत्रमा दिनको तापक्रम ३७ देखि ३८ डिग्री सेल्सियस रहनसक्छ ।

पश्चिम राजस्थान, दक्षिण पन्जाब, दक्षिण हरियाणा र राजस्थानको पूर्वी भाग र विदर्भ क्षेत्रमा केही गर्मी बढ्यो । यस वर्ष दिल्लीको सबैभन्दा बढी तापक्रम मे ४ मा ४१ दशमलब ६ डिग्री सेल्सियस भयो । जुन २००९ पछी सबैभन्दा कम हो ।

भारतमा यस वर्ष सामान्य मनसुन सिजनको अपेक्षा समेत गरिएको छ । उत्तरी र पश्चिमी राज्यहरुमा दक्षिण-पश्चिम मनसुन सामान्य रुपमा हुने अनुमान गरिएको छ । यस्तै मध्य भारतमा सामान्य भन्दा माथि र देशको पूर्वी तथा उत्तरपूर्वी क्षेत्रमा सामान्य भन्दा कम मनसुन हुने मौसम विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.