चौधरी उद्योगको बियर गोदाममा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा

चौधरी उद्योगको बियर गोदाममा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा

नवलपुर : चौधरी ग्रामको बियर गोदाममा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी ग्राम परिसरमा रहेको बियर गोदामको भवनमा बुधबार बिहान ९ बजे आगलागी भएको थियो । 

आगो निभाउन चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र नेपाली सेनाको गरी ८ वटा दमकल प्रयोग गरिएको छ । अहिले दिउँसो ४ बजेदेखि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक प्रकाश मल्लले बताए । 

‘गोदामको भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो अन्यन्त्र सल्केर फैलन सक्ने अवस्थामा छैन । भित्र केही ठाउँमा सामान्य बल्दै गरेको आगोलाई अहिले पनि दमकलले निभाई रहेको छ । ’ प्रहरी उपरीक्षक मल्ले भने ,' आगो निभाउन नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीसहित मजदुरहरु समेत खटिएका थिए । 

उक्त उद्योग ग्राम उद्योगपति बिनोद चौधरीको हो । गोदाम भवनमा बियर प्लान्ट समेत छ । आगो प्लाण्टसम्म पुग्न नपाएको बताइएको छ । उद्योगले नेपाल आइस, मुस्ताङ र रियल गोल्ड बियर उत्पादन गर्दै आएको छ । आगो बियरको खाली कार्टुन र बजारमा लैजानका लागि भरेर राखेका कार्टुन रहेको गोदाममा लागेको हो । तीनै वटै बियर सोही गोदाममा थिए ।

बियर प्रयोगका आवश्यक पर्ने स्प्रिट, खाद्यन्न वस्तु र कागजका कार्टुनहरु रहेका कारण आगो एक्कासी फैलिँदा नियन्त्रण गर्न समस्या भएको थियो । आगो नियन्त्रणमा लिन नसकेपछि डोजर प्रयोग गरेर भवनको भित्ताहरु भत्काइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।

‘सामान्य हेर्दा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान छ । तर अहिले नै कसरी आगो लाग्यो भन्ने बारे बताउन सकिने अवस्था छैन । अनसन्धानपछि थाहा हुन्छ,' उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले भने ।  

विवरण तयारपछि मात्र आगलागीबाट भएको क्षतिका बारेमा बताउन सकिने प्रशासन प्रमुख पौडेलले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.