कोरोना उपचारमा इलाम समाज बेलायतको सहयोग
बेलायत : इलाम जिल्लाका कोरोना पीडितको उपचार र नियन्त्रणका निम्ती इलाम समाज बेलायतले तत्काल १४ लाख ५० हजार बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ ।
संस्थाकी अध्यक्ष प्रमिला लाबुङ राईका अनुसार इलाम जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको निम्ती प्रत्येकलाई दुई, दुई थान अक्सिजन कन्सन्ट्रेटर र दस, दस थान अक्सिमिटर प्रदान गरिने छ ।
जसको निम्ती जम्मा २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाटै पठाइदैछ । हाल एकद्वार प्रणाली रहेता पनि बेलायतको निम्ती नेपालको राजदूतावासको पहलमा बेलायतबाट नेपालसम्म ल्याइने छ ।
काठमाडौंबाट इलामसम्म लगेर नगर तथा गाउँपालिकालाई वितरण गरिने छ । सन् २००९ मा गठित इलाम समाज बेलायतले विपत्तिमा सहयोग गर्दै आएको छ ।