कालो ढुसीको नयाँ त्रास

कालो ढुसीको नयाँ त्रास

नेपालमा धेरै मानवीय क्षति हुने गरी फैलने ठुला महामारी नआएको लामो समय भएको थियो। तर गत वर्ष कोरोना भाइरस विश्वव्यापी महामारीकै रूपमा नेपाल पनि भित्रियो। चीनबाट सुरु भई अन्य देश हुँदै भित्रिएको कोरोना भाइरसको पहिलो लहरमा दोस्रो भेरियन्टको जति मानवीय क्षति त भएन। तर, संक्रमणलाई जित्न निकै मुस्किल पर्‍यो। 

स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र रोगप्रतिरोधात्मक क्षमता बढाउनु पर्ने ज्ञान पहिलोपटक भित्रिएको भाइरसले नै दिएको थियो। तर, पनि दोस्रो भेरियन्टमा धेरैले ज्यान गुमाउनु परेको छ। अझै मृतकको ग्राफ कति उक्लने हो, अनुमान गर्न सकिन्न। नयाँ भाइरसको महामारी फैलने, यसले पुर्‍याउनेको क्षति र मानव स्वास्थ्यमा कस्तो लक्षण देखाउँछ अझै अनुसन्धानका क्रममा नयाँ कुरा थपिँदोछन्। पहिलोपटक कोरोना भाइरस भित्रँदा संक्रमितमा देखिने लक्षण दोस्रो लहरमा बदलिँदो पनि छ। जसका कारण संक्रमितको उपचार र पहिचानमा स्वास्थ्यकर्मीलाई समेत हम्मे हम्मे पार्ने गरेको छ।

कोरोना भाइरसको संक्रमण फैलिरहेकै अवस्थामा नेपालमा फेरि अर्को रोग कालो ढुसी  (म्युकर माइकोसिस)ले चिन्ता बढाएको छ। यो रोग कोरोना संक्रमित वा कोरोनाबाट ठीक भएका बिरामीहरूमा बढी देखिन थालेको स्वास्थ्यविद् बताउँछन्। सामान्य भाषामा यसलाई ब्ल्याक फंगस भनिन्छ। अनुसन्धानका क्रममा ब्ल्याक फंगस नामको यस रोग डायबेटिजका बिरामीमा धेरै पाइएको छ। यसले आँखा, नाकमा असर पार्छ र आँखाको ज्योति हराउने, नाक बांगो हुनेजस्ता समस्या पनि देखिएको चिकित्सक बताउँछन्। विज्ञका अनुसार यो रोग लाग्नुको मुख्य कारण स्टेरोइड औषधिको धेरै प्रयोग हो। जसमा अनुसन्धान जारी छ। स्टेराइड औषधिले कोभिडका बिरामी चाँडै संक्रमित हुन्छन् तर ब्ल्याक फंगस संक्रमणमुक्त भएकाहरूमा पाइएको भारतमा गरिएको एक अनुसन्धानले देखाएको छ। अमेरिका र पटक भारतमा कोरोनाबाट मुक्त भएकामा यस्तो संक्रमण धेरैमा देखिएको छ।

अन्य देश हुँदै कोरोना भाइरस नेपालमा भित्रिएजसरी नयाँ रोगसमेत क्रमशः देखिन थालेका छन्। कोभिडका संक्रमित घट्दै जाँदा फैलदै गरेको कालो ढुसीले पुनः नागरिकलाई त्रसित बनाएको छ। भारतमा बढी देखिएका यसका बिरामी अहिले नेपालमा पनि क्रमशः बढ्दै छन्। काठमाडौंसहित देशका केही मुख्य सहरमा कालो ढुसीका बिरामी भेटिएपछि यसले स्वास्थ्य क्षेत्रमा थप चिन्ता बढाएको छ। कोरोना संक्रमित भएर निको भएकामा यो समस्या बढी देखिएपछि संक्रमण मुक्त भएकालाई हुने हुँदा सजग हुनुपर्ने भएको छ। नयाँ रोगलाई नयाँ ढंगले तयारी गर्नुको अब विकल्प छैन। यसले पनि महामारीको रूप लिने त होइन ? प्रश्न चिह्न खडा भएको छ।

हाम्रो शरीरलाई पटक पटक सताउनेमा अधिकांश सरुवा रोग छन्। एक व्यक्तिबाट अर्को व्यक्ति हुँदै फैलने रोगले पछिल्लो समय चाँडो महामारीको रूप लिने गरेको छ। यो समस्या विश्वका विभिन्न देशसँगै नेपालले पनि भोगिरहेको छ। हवाई र स्थलमार्ग हुँदै छोटो समयमा विश्वका विभिन्न देशमा मानिसको आवत–जावत हुने हुँदा एक देशमा फैलिएको रोग केही दिनमै विश्वव्यापी बन्दै छ। स्वास्थ्य सावधानीसहित समयमा सबै निकाय सचेत नभए हजारौंले मृत्युको मुखमा पुग्नुपर्छ भन्ने पाठ कोरोनाले पढाएको छ। रोगलाई सामान्य ठानेर ‘नेपालीले जित्छन्’ भन्ने भ्रम र हेलचेत्र्mयाईका कारण अहिले देशले मानवीय र आर्थिक रूपमा ठुलो क्षति भोगिरहेको छ।

रोग र समयसमयमा फैलने महामारीको अन्त्य हुँदै छ। एकपटक फैलिएको भाइरस अर्कोपटक अझै शक्तिसाली भएर आउँछ भन्ने कोरोना भाइरसकै उदाहरण काफी छ। विश्वका कुनै पनि देशमा देखिएको रोग क्षणभरमै विश्वव्यापी हुन थालेको छ। समयमा सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द नगर्दा छिमेकी मुलुक भारतमा जे फैलन्छ त्यसले नेपालमा सहजै स्थान पाइरहेको छ। रोगलाई गम्भीर रूपमा लिएर सरकारले बेलैमा पूर्वतयारी नगरे जनसँगै धनको क्षति हुने देखिइसकेको छ। रोगका विषयमा प्रचार गरेर नागरिकलाई समयमा सचेत गर्न सरकार चुकेको छ, पुनः नचुकोस्। यो समय गल्तीबाट पाठ सिकेर अघि बढ्ने हो। नागरिक सचेत बनौं र सरकार जिम्मेवार बनोस्। गल्ती दोहोरिए समयले सजाय दिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.