आयोजनामा निर्माण सामग्रीको अभाव

आयोजनामा निर्माण सामग्रीको अभाव

सुर्खेत : कोरोना महामारीमा पनि काम नरोकिएका विकास आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ । निषेधाज्ञाका कारण निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरु बन्द छन् । यसकारण पनि हाल संचालन भइरहेका आयोजनाहरुमा निर्माण सामग्रीको अभाव भएको हो ।

निर्माण सामग्री अभाव भएपछि आयोजनाको काम पनि प्रभावित हुने देखिएको छ । कोरोना त्रासका कारण कर्णालीका अधिकांश जिल्लामा निषेधाज्ञा छ । तर पनि विकास आयोजनामा सावधानी अपनाएर निर्माणको काम चलिरहेको छ । काम जारी रहेपनि निर्माण सामग्रीको अभाव हुन थालेपछि काम प्रभावित हुने अवस्था आएको हो । ठूला आयोजनाले यतिबेला निर्माण सामग्रीको अभाव झेलिरहेका हुन् ।

सरकारले निर्माण सामग्रीको अभाव हुन नदिने जनाए पनि राष्ट्रिय गौरवका आयोजनाहरुमा निर्माण सामग्रीको अभाव सुरु भएको हो । सुर्खेतस्थित निर्माणाधिन राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्री अभाव भएको छ । ‘निषेधाज्ञामा पनि आयोजनामा निर्माणको काम जारी छ, तर हामीलाई सरियाको अभाव भइसक्यो’ आयोजनाका सुचना अधिकारी इश्वरीप्रसाद तिवारीले भने, ‘कोरोनाका कारण निर्माण कम्पनी बन्द छन्, उतपादन नै नभएपछि सिमेन्टको पनि अभाव भएको छ ।’ 

ठूला र गुणस्तरिय सरिया मात्रै प्रयोग गर्ने भएका कारण आयोजनालाई हिजोआज सरियाको अभाव भएको हो । ‘आयोजनालाई आवश्यक पर्ने सरिया कम्पनीमै अर्डर दिनुपर्छ’ तिवारीले भने, ‘अहिले निर्माण कम्पनी नै बन्द हुँदा सरिया अभाव भएको हो ।’ सरिया अभाव भए पनि आयोजनाको बाँकी काम नै रोकिएको छैन । ‘सरिया प्रयोग हुने काम रोकिएको छ, तर आयोजनाको अरु काम जारी राखेका छौं’ उनले भने, ‘निषेधाज्ञा लम्बिदै गयो भने सामग्री अभावमा अरु काम पनि प्रभावित हुनसक्छ ।’ 

निर्माण सामग्री अभावकै कारण यो आयोजनाको निर्माण कार्य तोकिएको समयभन्दा लम्बिन सक्नेछ । काम जारी रहेपनि कोरोनाबाट जोगिन त्यहाँ कार्यरत मजदुरलाई बाहिरका व्यक्तिसँग भेटघाट गर्न प्रतिबन्ध लगाइएको छ । आयोजनामा ६० भन्दा बढी स्थानीय मजदुरहरु कार्यरत छन् । आयोजनामा कार्यरत मजदुरमा कोरोना संक्रमण हुन नदिन सबै मजदुरलाई क्याम्पमै बसोबासको व्यवस्थापन गरिएको छ । यो आयोजनामा हालसम्म ४३ प्रतिशत काम सकिएको छ । भेरी नदीको पानी बबई नदीमा खसालेर यो आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ र ४८ मेगावाट विजुली उत्पादन गर्ने योजना छ । यो आयोजनामा हाल भेरी नदीमा बाँध र पावर हाउस (विद्युतगृह) निर्माणको काम जारी छ । बाँध निर्माणतर्फ क्याम्प, क्रसर प्लान्ट, ब्याचिङ प्लान्टलगायतका कामहरु भइरहेको हो । 

यो आयोजना सम्पन्न गर्न कुल ३३ अर्ब १९ करोड खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७९/०८० मा यो आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २०७१ सालदेखि सुरु भएको यो आयोजनामा २०७४ कात्तिकदेखि सुरुङ निर्माणको काम थालिएको थियो । सुरुङ निर्माणको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गरेर प्रशंसा बटुलेको आयोजनाको दोस्रो चरणको काम भने सुस्त छ । महत्वपूर्ण मानिएको विद्युतगृह निर्माणको काम झनै सुस्त छ ।

शिलान्यास भएको लामो समयपछि मात्र विद्युतगृह निर्माणको काम सुरु भएको छ । दोस्रो चरणको बाँध र पावर हाउस (विद्युत गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन् । नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) बाट  १२.२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.