चीनको सहयोगमा पाकिस्तानले बनायो कोरोना खोप

चीनको सहयोगमा पाकिस्तानले बनायो कोरोना खोप

इस्लामाबाद: पाकिस्तानको स्थानीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप सार्वजनिक भएको छ ।

चिनियाँ कम्पनी क्यानसिनोले विकास गरेको खोप पाकिस्तानले मंगलबार सार्वजनिक गरेको हो। पाकिस्तानी अधिकारीहरुका अनुसार यस खोप उत्पादनका लागि छिमेकी मित्र राष्ट्र चीनले कच्चा पदार्थ उपलब्ध गराएको हो । यद्यपि उक्त खोप उत्पादनमा धेरै जटिलता आएको अधिकारीहरुले बताए ।

'पाकभ्याक' नाम दिइएको उक्त खोप इस्लामाबादस्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)मा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

यस खोपबारे पाकिस्तानमा सकारात्मक टिप्पणी आएका छन् । प्रधानमन्त्री इमरान खानले स्थानीय स्तरमा उत्पादन गरिएको यस खोप पाकिस्तानको लागि कोसेढुङ्गा सावित भएको प्रतिक्रिया दिएका छन् । साथै कोरोना विरुद्धको लडाइँमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

यसअघि उक्त खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न भइसकेको थियो । पाकिस्तानमा हालसम्म ९ लाख २२ हजार भन्दा धेरै कोरोना संक्रमित भइसकेका छन् । साथै दैनिक रुपमा २ हजारको हाराहारीमा संक्रमण पुष्टि हुने गरेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाकिस्तान सरकारले हालसम्म आफ्ना ५० लाख ३० हजार नागरिकलाई ७० लाख ३० हजार डोज कोभिड विरुद्धको खोप लगाइसकेको छ । तीमध्ये झण्डै २० लाख मानिसले दोस्रो चरणको खोप समेत लगाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.