भारतलाई नै सहायता दिने गरी बंगलादेशले कसरी गर्‍यो तिब्र आर्थिक विकास ?

भारतलाई नै सहायता दिने गरी बंगलादेशले कसरी गर्‍यो तिब्र आर्थिक विकास ?

नयानिमा बशू

ढाका: भारतलाई कोभिड विरुद्धका सामग्री उपलब्ध गराउनुका साथै श्रीलंकालाई आर्थिक सहयोग गर्नेसम्मका कामबाट बंगलादेशले आफूलाई पछिल्लो समय आर्थिक उन्नती गर्ने बलियो देशको रुपमा उभ्याउन थालेको छ ।

यसै साताको सुरुमा बंगलादेशले श्रीलंकालाई २०० मिलियन डलर सहायता गर्न सम्झौता गरेको छ । उक्त सहायता आर्थिक र स्वास्थ्य संकट झेल्दै गरेको श्रीलंकाका लागि ठूलो मद्दत पुगेको बताइन्छ । भारी वैदेशिक ऋणबाट थिचिँदै गरेको श्रीलंकाको राजनीति पनि अस्थिरताबाटै गुज्रिएको छ । यस वर्ष मात्रै श्रीलंकाको वैदेशिक ऋण ३ दशमलब ७ बिलियन डलर पुगेको छ । यस्तो अवस्थामा बंगलादेशले दिने आर्थिक सहायताले उसको आर्थिक अवस्था उकासिने अपेक्षा गरिएको छ ।

गत मार्च महिनामा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेको बंगलादेश भ्रमणको क्रममा यस्तो सहायताबारे सहमति भएको थियो ।

२०१९ मा भएको चर्चमा बम हमलापछि र कोरोना माहामारीसँगै श्रीलंकाको आर्थिक अवस्था गम्भीर समस्यामा फँसेको छ । जसले गर्दा पर्यटन उद्योग र अन्य क्षेत्र झन् कमजोर बन्दै गएका छन् ।

बंगलादेश भने त्यस्ता ४० देशको समूहमा परेको छ जुन देशहरुले भारतलाई कोरोनाको दोस्रो लहरविरुद्ध जुध्‍न राहत सहायता पठाएका थिए । मे १८ मा बंगलादेशले विभिन्न २ हजार ६ सय ७२ बक्स एन्टि भाइरल ड्रग्स र कोभिड नियन्त्रक सामग्रीहरु भारतलाई हस्तान्तरण गरेको थियो । त्यसभन्दा पहिले मे ६ मा नै ढाकाले भारतलाई १० हजार भायल्स रेम्डेसिभिर पठाएको थियो ।

बंगलादेशले यस आर्थिक वर्षमा ५ दशमलब ८ प्रतिशत जिडिपी बढाउने समेत अपेक्षा गरिएको छ । यही वर्षको अप्रिलमा अमेरिकन चेम्बर अफ कमर्सले 'यूएस बंगलादेश बिजनेश काउन्सिल' स्थापना गर्‍यो । जसमार्फत् अमेरिकी लगानीकर्ताको लगानी सम्भाव्यता अवलोकन र दुई देशको व्यापार बढाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले आफ्नो प्रतिद्वन्द्धी पाकिस्तानबाट यसको आर्थिक प्रगतिमा प्रशंसा समेत पाएको छ । पाकिस्तान कार्यक्रमका लागि विश्व बैंकका पूर्व सल्लाहकार अबिद हसनले भनेका छन् कि “पाकिस्तानका वर्तमान सरकार सहित हरेक सरकारले भीख माग्‍ने कचौरा लिएर विश्वभर गएका छन् । २०२० मा बंगलादेशको जिडिपी पाकिस्तानको भन्दा झण्डै दोब्बर होला भन्ने कुरा २० वर्षअघि सोच्न पनि सकिँदैनथ्यो । यदी यस्तै रुपमा अगाडि गयो भने बंगलादेश २०३० मा आर्थिक रुपमा पावरहाउस बन्नसक्छ । यदी पाकिस्तानले यस्तै निराशाजनक अवस्थालाई जारी राख्यो भने अब २०३० मा हामीले बंगलादेशबाट आर्थिक सहायता खोज्ने सम्भावना छ ।

एसियाको नयाँ 'रोयल बंगाल टाइगर'

विकासोन्मुख देशहरुका लागि अनुसन्धान र सूचना प्रणाली (आरईएस) का प्राध्यापक प्रवीर डेका अनुसार बंगलादेशको आर्थिक उन्नतिको मुख्य कारण भनेको बंगलादेशले यूरोपेली संघको प्राथमिकता योजना (GSP)कार्यक्रम र अन्य व्यापार प्राथमिकताहरूबाट लाभहरू लिन गर्न जारी राखेको छ ।

डे ले त बंगलादेशलाई पछिल्लो समय एसियाको रोयल बंगाल टाइगरको संज्ञा समेत दिएका छन् । उनका अनुसार बंगलादेशले ईयूको जिएसपी स्किमबाट नियमित रुपमा आर्थिक लाभ लिन सक्षम रह्यो । जसबाट ढाकाले प्रसस्त राजस्व कमाउन सफल बन्यो । यससँगै बंगलादेशले रेमिटेन्सबाट पनि राम्रो रकम कमाउने गरेको छ ।

बंगलादेशले आन्तरिक रुपमा रेमिटेन्स मात्रै २०० बिलियन डलर कमाउँछ । साथै २०२१ मा मात्रै बंगलादेशले विदेशी मुद्रा भण्डारबाट ४५ बिलियन डलर कमायो । जबकि २०१० मा जम्मा ९ बिलियन डलर कमाएको थियो ।

विज्ञहरुका अनुसार बंगलादेश आफ्ना छिमेकीहरूसँग जिम्मेवार ढंगले व्यवहार गर्ने र उनीहरूलाई सहयोग पुर्‍याउने कुरामा विश्वास गर्छ । साथै अब छिमेकीहरूसँगको गहिरो एकीकरणलाई उसले हेरिरहेको छ ।

डे का अनुसार बंगलादेश हाल आसियानका ठूला देशहरूसँग व्यापार गरिरहेको छ । साथै आसियानका केही देशहरूसँग व्यापार सम्झौता गर्ने र कनेक्टिभिटी प्रोजेक्टमा सामेल हुनेमा बंगलादेशले विचार गरिरहेको डे बताउँछन् ।

(यस लेख भारतीय अनलाईन पत्रिका 'द प्रिन्ट' बाट भावानुवाद गरिएको हो ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.