खुला ढलमा खस्दा बालक घाइते

खुला ढलमा खस्दा बालक घाइते

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका- २ स्थित मुनाल मार्गमा अपूरो छोडेको ढलमा खसरे एक बालक घाइते भएका छन् । स्थानीय दीपक घिमिरेका ७ वर्षीय छोरा दीक्षान्त खुला ढलमा खस्दा घाइते भएका हुन् ।

ढलमा खसेलगत्तै उद्दार गरिएकाले कुनै अप्रिय घटना हुन नपाएको अभिभावक घिमिरेले जानकारी दिए । उनका अनुसार बाटोमा बच्चा रोएको सुनिएपछि उनकी आमा बन्दना र छोरीले छिमेकीहरुलाई हारगुहार गर्दै दीक्षान्तको उद्दार गरिएको थियो ।

बालक घर बाहिर जाने क्रममा एक्कासी ढलमा खस्न पुगेको पिता घिमिरेले बताए । उनका अनुसार उक्त ढल तीन महिनादेखि खुला छोडिएको छ । सर्वसाधारणको घरअगाडि नै ढल खुला छोडिँदा उक्त घटना भएको उनी बताउँछन् ।‘ढल गएको तीन महिनादेखि खुला छोडिएको छ । सर्वसाधारणलाई आवतजावत गरिरहनुपर्छ’, घिमिरेले भने, ‘ढल खुला भएकाले दुर्घटना हुनसक्ने भएकाले काम पूरा गर्न वडा अध्यक्षलाई पटकपटक भन्दा पनि सुनुवाइ भएन ।’

घटनापछि नपाका मेयर मदनसुन्दर श्रेष्ठलाई फोन गर्दा कल रिसिभ नगरेको उनले गुनासो गरे । वडा अध्यक्ष राम थापामगरले भने मेयर श्रेष्ठले रकमान्तरणको फाइल सदर नगर्दा ढल निर्माण अधुरो हुन पुगेको प्रतिक्रिया दिए ।

मेयर श्रेष्ठकहाँ उक्त योजनाको रकमान्तरण सदर गराउन तीन महिनादेखि धाउदाधाउँदै आफै आजित भइसकेको उनी बताउँछन् । उनका अनुसार भक्तपुर–काठमाडौं पुरानो बाटोको सानोठिमीस्थित प्रहरी विटदेखि दक्षिण करिब एक किलोमिटरको मिलन मार्गमा ढल बिछ्याउने कार्य अघि बढाइएको थियो । सुरुमा वडा बजेटबाट ४० लाख रुपैयाँ र उपभोक्ताहरुको साझेदारीमा करिब ६ सय मिटर बाटोमा ढल बिछ्याइएको वडा अध्यक्ष थापामगरले जानकारी दिए ।
‘बाँकी ४ सय मिटर सडकमा ढल बिछ्याउन वडाकै अर्को योजनाको ४० लाख रुपैयाँ रकमान्तरण गर्ने वडा समितिले निर्णय गरेर नपामा पठाएका थियौं’, उनले भने, ‘तर मेयरले वडाको निर्णय सदर गर्नुभएन । नपाको बोर्ड बैठक आह्वानसमेत नगर्दा तीन महिनादेखि योजना अलपत्र पर्न गएको हो ।’

उनले मेयरले पक्षपातपूर्ण रुपमा वडा समितिको रकमान्तरण गर्ने निर्णय सदर नगरेको आरोप लगाए । ‘नत्र अन्यत्र वडाबाट निर्णय भएर आएका रकमान्तरण गरिएका योजनालाई सदर गर्ने अनि वडा नं. २ को मात्रै किन सदर गरिएन’, वडा अध्यक्ष थापामगरले आक्रोश पोखे, ‘अन्त कार्यपालिका बैठकबाट अनुमोदन हुने गरी भनी नयाँ नयाँ योजनालाई पेश्कीसमेत निकासा दिन हुने तर हाम्रो वडामा सर्वसाधारणको माग हुँदा पनि र वडाले निर्णय गरेर पठाउँदा पनि किन फाइल सदर गरिँदैन ?’

उक्त योजना अधुरो छाडेको भन्दै तीन महिनाअघि नै स्थानीयले वडा कार्यालय घेराउ गरेका थिए । उक्त क्षेत्रमा ढल निकास नभएकाले स्थानीयले आफ्नोतर्फबाट गर्नुपर्ने निश्चित प्रतिशतभन्दा बढी योगदान गर्ने भन्दा पनि मेयर श्रेष्ठले उक्त योजनालाई अधुरै छाड्न बाध्य बनाएको वडा अध्यक्ष थापामगरले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.