चुरे दोहनले जोखिममा बस्ती

चुरे दोहनले जोखिममा बस्ती

उदयपुर : वर्षा सुरु भएसँगै उदयपुरका चुरे क्षेत्र आसपासका बस्तीहरू उच्च जोखिममा पर्छन्। राष्ट्रिय तथा सामुदायिक वन र चुरे क्षेत्रको बढ्दो दोहोनका कारण आठवटा स्थानीय तहका तीन हजार घरपरिवारको बस्ती यो वर्ष पनि जोखिममा छ। त्यसमध्ये सबैभन्दा बढी त्रियुगा र चौदण्डीगढी नगर क्षेत्रमा करिब दुई हजार बढी घर जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकमा छ। सरकारको नीतिअनुरूप स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकन (आईई) गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वन तथा नदीको दोहोन अत्यधिक बढेको स्थानीयको भनाइ छ। 

‘स्थलगत रूपमा नदीको अवस्था र स्थानीयको रायलाई विश्लेषण गरी आईई गर्नुपर्ने कानुनी व्यवस्था छ,’ चौदण्डीगढीका राजकुमार राई भन्छन्, ‘तर त्यसको ठीकविपरीत राजधानी वा स्थानीय तहको एउटा कोठामा बसेर गुगलबाट हेरेर हचुवाको भरमा प्रतिवेदन बनाइन्छ।’ 

प्रतिवेदनका आधारमा स्थानीय तहले टेन्डर आह्वान गरी ठेक्का लगाए पनि बेलामौकामा अनुगमन नगर्दा ठेकेदारले आईई गरेको भन्दा अन्य ठाउँबाट जथाभावी स्वीकृतभन्दा बढी नदीजन्य उत्खनन गरी लैजाने गरेको स्थानीयको भनाइ छ। यसरी हचुवाका भरमा ठेकेदारले मनखुसी गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा चुरे आसपासका बस्ती जोखिममा पर्ने गरेको चौदण्डीगढीका नेकपा एमालेका युवा नेता शम्भु पौडेल बताउँछन्।

नदीजन्य ढुंगा, गिटी, बालुवाको जथाभावी उत्खनन र चोरी निकासीकै कारण यो क्षेत्र जोखिममा परेको उनको भनाइ छ। ठेकेदार कम्पनीले आईई प्रतिवेदनको बेवास्ता गर्दै खोलाभित्रै मेसिन प्रयोग गरी मनपरी ढंगले नदीजन्य पदार्थ निकासी गर्दा बस्ती उच्च जोखिममा परेको उनले बताए। सम्झौतामा अनुगमनको जिम्मेवारी स्थानीय तहमा भए पनि टेन्डर लागेपछि जनप्रतिनिधि र कर्मचारी खोलामा फर्केरै नजाने परम्पराले ठेकेदार कम्पनीले नदीजन्य पदार्थको दोहन गर्ने गरेको उनको भनाइ छ। त्यतिमात्र नभई गौरवका आयोजनाका नाममा खोलाभित्र मेसिन प्रयोग गरी जथाभावी उत्खनन गर्ने गरेको स्थानीय बताउँछन्।  आयोजनाका नाममा क्रसर स्थापना गर्ने र उत्पादित वस्तु रातारात जिल्लाबाहिर र जिल्लाभित्रै बिक्रीका लागि लैजाने गरेको त्रियुगा नगरपालिका–७ का वीरबहादुर दनुवार बताउँछन्। मापदण्डविपरीत उत्खनन गर्ने परम्पराको अन्त्य नगर्ने हो भने बस्ती बचाउन मुस्किल पर्ने उनी बताउँछ न्। यसका साथै राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रूख कटान तथा फँडानी र चोरी निकासी बढ्दा चुरे क्षेत्र नजिकका खेतबारी तथा बस्तीहरू भू–क्षयको उच्च जोखिममा रहेको स्थानीय बताउँछन्। विशेषगरी सिरहा, सप्तरी जिल्लाका सीमा क्षेत्रका जंगलमा तराई क्षेत्रबाट ठूलो संख्यामा तस्करहरू प्रवेश गरी जंगलभित्रै त्रिपाल टाँगेर काठ चिरान गर्ने गरेको जोगिदहका जितेन्द्र चौधरीले बताए। 

‘घना जंगल छ, सुरक्षाको दृष्टिकोणले जान सक्ने अवस्था छैन,’ उनले भने, ‘हातहतियार र बन्दोबस्तका सामग्री साथमा बोकेर आउने गरेका तस्करहरू १०÷१५ दिनसम्म ढुक्कै त्रिपाल टाँगेर बस्ने र काठ लैजाने गर्छन्।’ सरकारी संयन्त्रले वनमा गस्ती बढाउन नसक्दा पनि चोरी निकासी बढ्ने गरेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.