जापानमा जन्मदर घट्दै

जापानमा जन्मदर घट्दै

टोकियो: तिब्र रुपमा आर्थिक विकास गरिरहेको जापानमा जन्मदर भने घट्दो रुपमा रहेको सरकारी तथ्यांकले देखाएको छ ।

कोरोनाभाइरस महामारीका कारण गत वर्ष २०२० मा जापानमा अघिल्लो वर्षको भन्दा कम बालबालिकाको जन्म भयो । पछिल्ला वर्षहरुमा जापानमा जन्मदर घट्दै गरेको सरकारी आंकडा छ ।

जसले गर्दा देशको जनसाङ्खीक संरचनामा समेत असर पर्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । साथै जापानमा भविष्यमा सक्रिय जनशक्तिको अभाव हुनसक्ने बताइन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको छ । सरकारी आंकडा अनुसार २०२० मा ८ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । जुन अघिल्लो वर्षको भन्दा २.८ प्रतिशतले कम हो ।

यस्तै गत वर्षको जन्मदर भने जन्मदर्ता सुरु गरिएको वर्ष १८९९ देखिकै सबैभन्दा कम हो । अधिकारीहरुका अनुसार गत वर्ष यहाँ विवाह दरमा पनि कमी आयो । अघिल्लो वर्षको तुलनामा २०२० मा १२.३ प्रतिशत कम विवाह दर्ता भएका थिए ।

२०२० मा ५ लाख २५ हजार ४९० विवाद दर्ता भएको अधिकारीहरुले बताए । विश्वभर नै थोरै विवाह र जन्मदर भएका देशमध्ये जापान पनि एक हो । २०१८ को जनगणना अनुसार जापानको कुल जनसङ्ख्या १२ करोड ४० लाख छ ।

तिब्र आर्थिक विकाससँगै जापानका शहरी क्षेत्रको व्यस्त जीवनशैलीले गर्दा पछिल्लो समय यहाँ सम्बन्ध विच्छेदका घटना बढ्नुका साथै परिवारको संरचनामा पनि परिवर्तन आउन थालेको बताइन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.