राउटे युवतीलाई होटलमा पुर्‍याएर यौन दुर्व्यवहार

राउटे युवतीलाई होटलमा पुर्‍याएर यौन दुर्व्यवहार

दैलेख : कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका युवतीलाई होटलमा पुर्‍याएर यौन दुव्र्यवहार गरेको खुलेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोती जनैघाटस्थित भेरी नदि किनारमा बसोबास गर्दैै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा पुर्‍याएर यौन दुव्र्यवहार गरेको खुलेको हो ।

राउटे समुदायका युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । दुई युवतीलाई होटलमा लगेर मदिरा खुवाएर यौन दुव्र्यवहार गर्नुका साथै भिडियो बनाएर फेसबुक मार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी) सहित तीन जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।

सार्वजनिक भिडियोमा होटलको एक कोठामा सुरुमा चमन र दुई राउटे युवती देखिन्छन् । तीमध्ये एउटी राउटे युवतीलाई चमनले ‘श्रीमती’ भनेर सम्बोधन गरेका छन् । दुबै जना राउटे युवतीहरु मदिराले लट्ठ देखिन्छन् । 

राउटे युवतीलाई मदिरा सेवन गराएर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतले चमनसहित भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेहरुलाई पक्राउ गरिएको बताए । थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली राउटे बस्तीमा पठाइएको एसपी भट्टले बताए । ‘राउटे समुदाय बसोबास गरिरहेको बस्तीमै पुगेर प्रहरीले थप अनुसन्धान गर्छ,’ उनले भने, ‘पक्राउ परेकाहरुलाई के कारबाही गर्ने भन्ने स्थलगत अनुसन्धानबाट खुल्छ ।’

युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल राउटे समुदायका युवतीमाथि पछिल्लो समय दुव्र्यवहार बढ्दै गएको छ । युट्युब, टिकटक बनाउने नाममा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराउने, अश्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्ने लगायतका अश्लिल कामहरु गर्ने गरेका छन् । 

केही वर्ष अघिसम्म राउटेहरु ‘पैसा छुँदा पाप लाग्छ’ भन्ने मान्यता राख्थे । राउटे अन्य समुदायसँग घुलमिल हुँदैनथे । आफूलाई बोटको राजा र गैह्र राउटेलाई कोटको राजा भन्न रुचाउने यो समुदाय हाल अन्य समुदायसँग घुलमिल हुन थालेको छ । फलस्वरुप राउटे युवतीहरु जोखिममा परेका छन् । लोपोन्मुख जाति राउटेको सुरक्षा र संरक्षणका लागि प्रहरी परिचालन गर्नुपर्ने पटक पटक माग समेत हुने गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.