पाकिस्तानमा दुई वटा यात्रुबाहक रेल ठोक्किँदा ३० को मृत्यु
इस्लामावाद : पाकिस्तानमा दुई वटा यात्रुबाहक रेल ठोक्किँदा ३० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार पाकिस्ताको दक्षिणी क्षेत्रमा भएको सो दुर्घटनामा दर्जन बढी मानिस घाइते भएका छन् ।
अधिकारीका अनुसार सिन्ध प्रान्तमा चल्ने रेल आफ्नो लिकबाट अर्को लिकमा गएको थियो । त्यसपछि यात्रुले भरिएको रेल आएर त्यसमा ठोक्किएको हो ।
दुर्घटनामा घाइते भएकाको उद्दार गरेर अहिले अस्पताल पु¥याइएको समाचारमा उल्लेख छ । अस्पताल पु¥याइएकामध्ये अधिकांश गम्भीर अवस्थामा रहेको बुझिएको छ ।
दुर्घटनाले आफूलाई ‘आश्चर्य’ पारेको भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसको छानबिन गरिने बताएका छन् ।
पछिल्ला वर्ष पाकिस्तानमा रेल दुर्घटनाका घटना वृद्धि भएका छन् । यसले सयौँको ज्यान गइसकेको छ ।