डेसच्याम्पसको अपेक्षा

डेसच्याम्पसको अपेक्षा

पेरिस : डिडियर डेसच्याम्पसले कप्तानी सम्हाल्दै विश्वकप फुटबल र युरोपियन च्याम्पियनसिपको उपाधि फ्रान्सलाई दिलाए। कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि धकेलिएको युरोकप जुन ११ बाट सुरु हुँदा डेसच्याम्पस सोही सफलता प्रशिक्षकका रूपमा पनि दोहोर्‍याउन चाहन्छन्। ५२ वर्षीय फ्रान्सेली प्रशिक्षक डेसच्याम्पसले विगतका अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सको प्रदर्शन सुखद नरहेकाले सजग हुन खेलाडीलाई चेतावनीसमेत दिएका छन्।

सन् २०१८ को रुस विश्वकपको उपाधि जितेको फ्रान्सलाई युरोकपको समेत प्रमुख दाबेदारका रूपमा हेरिएको छ। फ्रान्सलाई समूह चरणमै कठिन प्रतिद्वन्द्वीको चुनौती पार गर्नु पर्र्नेछ। समूह एफमा रहेको फ्रान्सले जुन १५ मा म्युनिखमा जर्मनी, जुन १९ मा बुडापेस्टमा हंगेरी र जुन २३ मा पोर्चुगलको सामना गर्नेछ। कोभिड– १९ का कारण यस पटक युरोकप विभिन्न ११ सहरमा हुँदैछ।

‘दुई वर्ष लगातार उच्च लयमा रहनु आफैंमा कठिन काम हो’, डेसच्याम्पसले भने, ‘हामीले पाएको सफलतापछि सोही सफलता टोलीले पुनः दोहोहोरियोस् भन्ने समर्थकको चाहना जायज हो। उनीहरूले हामीबाट धेरै अपेक्षा राखेका छन्।’ 

पश्चिम जर्मनीले सन् १९७२ मा बेल्जियममा सम्पन्न युरोकपको उपाधि जितेको दुई वर्षपछि नै सन् १९७४ को विश्वकपमा समेत सोही सफलता दोहोर्‍याएको थियो। स्पेनले सन् २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो भने सन् २०१० को विश्वकप पनि जितेको थियो।

यसअघि सन् १९९८ को विश्वकप र सन् २००० को युरो कप फ्रान्सले जित्दा डेसच्याम्पस टोलीका कप्तान थिए। मोनाको, युभेन्ट्स र मार्सेलीलाई सफलता दिलाएका डेसच्याम्सले सन् २०१२ मा फ्रान्सको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। डेसच्याम्सको प्रशिक्षणमा फ्रान्सले सन् २०१४ को ब्राजिल विश्वकपमा उल्लेख्य प्रदर्शन गर्न सकेन। सन् २०१६ मा घरेलु मैदानमा भएको युरोकपमा पोर्चुगलसँग स्तब्ध हुँदै उपविजेतामा सीमित भएको फ्रान्सले सन् २०१८ को रूस विश्वकप जितेको थियो। डेसच्याम्सको आगमनपछि फ्रान्सेली टोली उच्च लयमा छ ।

‘हामीले हात पारेको सफलता कसैले पनि खोस्न सक्दैनन्। हाम्रो उपलब्धि सधैं रहिरहनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.