असारदेखि निषेधाज्ञा खुकुलो ! गृह प्रवक्ता भन्छन्, अब ‘लुज डाउन’

असारदेखि निषेधाज्ञा खुकुलो ! गृह प्रवक्ता भन्छन्, अब ‘लुज डाउन’

काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (.कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा असारदेखि खुकुलो हुने भएको छ। 

गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे छ। समीक्षाको आधारमा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्णय हुनेछ। गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए। 

“यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ’, दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ।’

सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ। 

आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ। 

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ। 

सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा  सङ्क्रमण पुष्टि भएको र छ हजार ९५१  सङ्क्रमित निको भएका छन्।  

सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ। त्यसअघि १८ हजारको परीक्षणमा कम्तिमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए। मानिसको मृत्यु तीन अङ्कको थियो।

कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे। उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ। उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैनन्।

सरकारले असारदेखि मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ। 

निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ। त्यसैले पनि एकैचोटी खुला गर्न नहुने पक्षमा मन्त्रालय पनि रहेको छ। 

निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ। यातायातका साधनसमेत बाक्लिएका छन्। उपत्यकामा समेत त्यो अवस्था देखिएको छ। अहिले नै लापरवाही गर्ने अवस्था नरहेको जनस्वास्थ्यविद्को भनाइ छ। जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकया सह–प्रवक्ता डा समीरकुमार अधिकारी  बताउछन्। रासस 


–––  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.