विश्वभरका केही प्रभावशाली वेबसाइटहरु अचानक बन्द
लण्डन: विश्वभर लोकप्रिय चर्चित रहेका केही प्रभावशाली वेबसाइटहरु अचानक बन्द भएका छन् । अमेजन, रेडिट, ट्वीट्च सहित केही प्रभावशाली वेबसाइटले समेत मंगलबार अचानक काम गर्न छाडेका हुन् ।
बेलायत सरकारको वेबसाइट 'जिओभी डट यूके' समेत अचानक डाउन भएको छ । साथै बीबीसी र अन्य मिडियाका केही हिस्सा समेत त्यहाँ छन् ।
प्रभावित बनेका ती वेबसाइट खोल्दा "Error 503 Service Unavailable" लेखिएको एउटा म्यासेज मात्रै देखिन्छ ।
धेरैजसो प्रमुख वेबसाइटहरु क्लाउड कम्प्यूटिङ अन्तर्गत छन् । यस्तो घटनापछि विश्वभरबाट रिपोर्ट आएन थालेका छन् । कसरी यस्तो समस्या आयो भन्नेबारे यकिन जानकारी आइसकेको छैन ।