भारतमा एकैदिन दुई हजारभन्दा बढी संक्रमितको मृत्यु

भारतमा एकैदिन दुई हजारभन्दा बढी संक्रमितको मृत्यु

भारतमा गत २४ घण्टामा २ हजार १२३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ। गत २४ घण्टामा भारतमा १ लाख ८२ हजार २८२ जना संक्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा हालसम्म २ करोड ७३ लाख ४१ हजार ४६२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । 

भारतमा सोमबार एक लाख भन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखा परेको छ। गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको कोरोना संक्रमण भएको छ। कोरोना संक्रमितको यो संख्या ६३ दिनयताको सबै भन्दा कम हो। 

कोरोना संक्रमण शुरु भएयता भारतमा संक्रमितको जम्मा संख्या २ करोड ९० लाख ९७ हजार १०९ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय मङ्गलबार जानकारी दिएको छ। त्यसैगरी भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केही समययता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.