सार्वजनिक स्थलमा फ्रान्सका राष्ट्रपति माक्रोनमाथि झापड

सार्वजनिक स्थलमा फ्रान्सका राष्ट्रपति माक्रोनमाथि झापड

पेरिस : फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा झापड हानिएको छ। भीडलाई नजिकबाट अभिवादन गर्ने क्रममा एक व्यक्तिले मंगलबार झापड हानेका हुन्।

उनलाई झापड हानिएको भिडियो सामाजिक सञ्जालमा आएको हो।

राष्ट्रपति माक्रोनले दक्षिणी फ्रान्सको भ्रमणका क्रममा त्यहाँको कार्यक्रमलाई सम्बोधन गरेर भीडमा नमस्कार गर्दै एक पुरुषको नजिक पुगेका थिए। भिडियो फुटेजका अनुसार उनले ती पुरुषसँग बोल्न खोज्दै हात मिलाउन खोज्छन्। तर ती पुरुषले उनको गालामा चड्कन हान्छन्।

लगत्तै ती पुरुषलाई सुरक्षाकर्मीले नियन्त्रण गरेको देखिन्छ भने राष्ट्रपति माक्रोनलाई तुरुन्तै सुरक्षित स्थानतिर लगेको देखिन्छ। 

यद्दपि राष्ट्रपति माक्रोन फर्केर पुनः कार्यक्रममा सहभागी भएको बताइएको छ। 

हालसम्म ती पुरुषले माक्रोनलाई किन झापड हाने भनेर उनको नियत प्रष्ट खुलिसकेको छैन। तर उनले भीडमा पहिले नै ‘मोंजुवा सान्ट डेनी’ भनेर चिच्याएका थिए। त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको बताइएको छ।

सो घटनापछि दुई जना पुरुषलाई नियन्त्रणमा लिइएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूले अधिकारीहरूले सोधपुछ गरिरहेको बताइएको छ।

#Macron se fait gifler en direct de #Tain pic.twitter.com/tsXdByo22U

— ⚜️ (@AlexpLille) June 8, 2021

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.