स्वास्थ्य प्रतिष्ठानको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य : कांग्रेस

स्वास्थ्य प्रतिष्ठानको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणामार्फत तीन वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि प्रधानमन्त्रीको मौनता रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने सरकारले नियत राख्नु नितान्त गलत भएको बताए। 

विज्ञप्तिमा भनिएको छ,‘सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो । तर त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ।’

भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरुसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरेको कांग्रेसको ठहर छ । कांग्रेसले गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्नसरकारलाई चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.