युरो कप फुटबल : ११ देशका ११ रंगशाला

युरो कप फुटबल : ११ देशका ११ रंगशाला

लन्डन : कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि धकेलिएको युरोकप फुटबल शनिबारबाट सुरु हुँदैछ। शनिबार इटाली र टर्कीबीच स्टाडियो ओलिम्पिकको रंगशालामा हुने खेलसँगै युरो कप सुरु हुँदैछ। सन् १९६० मा फ्रान्सबाट सुरु भएको युरोकपको यो १६औं संस्करण हो। प्रतियोगिता आयोजनाको ६० वर्ष पूरा भएको उपलक्ष्यमा यस पटकको युरोकप विभिन्न ११ राष्ट्रका ११ सहरमा आयोजना हुन लागेको हो।

यस पटक लन्डन, बाकु, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम, सेन्ट पिटस्बर्ग, बुखारेस्ट, म्युनिख र आम्स्ट्रडममा युरोकपका खेलहरू सञ्चालन हुँदैछ। युरोकपमा कोभिड– १९ का कारण रंगशालामा सीमित दर्शकले मात्र खेल हेर्न पाउनेछन्।

वेम्बली रंगशला, लन्डन

लन्डनस्थित वेम्बली रंगशालामा युरोकपका समूह चरणका तीन, अन्तिम १६ का दुई, दुवै सेमिफाइनल र फाइनल गरी कुल आठ खेल सञ्चालन हुनेछ। यस रंगशालामा समूह डीका तीन खेल हुनेछन्। सन् २००७ मा स्थापना भएको वेम्बली रंगशालाको दर्शक क्षमता ९० हजार रहेको छ। 

स्टाडियो ओलिम्पिकको रंगशाला, रोम
रोमस्थित स्टाडियो रंगशालामा युरोकपको इटाली र टर्कीबीचको उद्घाटन खेल हुनेछ। यस्तै यही रंगशालामा समूह चरणअन्तर्गत समूह एका अन्य दुई खेल र एक क्वार्टरफाइनल गरी चार खेल सञ्चालन हुनेछ र सन् १९५३ मा स्थापना भएको स्टाडियोको दर्शक क्षमता ७३ हजार रहेको छ।

एलिनाज एरेना, म्युनिख
जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा युरोकपअन्तर्गत समूह चरणका तीन र एक क्वार्टरफाइनल गरी कुल चार खेल आयोजना हुँदैछ। यस रंगशालामा समूह एफका तीन खेल हुनेछन्। सन् २००५ मा स्थापना भएको एलिनाज ऐरेना रंगशालाको दर्शक क्षमता ७५ हजार रहेको छ।

बाकु ओलम्पिक स्टेडियम, बाकु
बाकुस्थित बाकु ओलम्पिक स्टेडियमा समूह एका तीन र एक क्वार्टरफाइनलको खेल गरी  युरोकपका चार खेल आयोजना हुँदैछ। सन् २०१५ मा स्थापना भएको यस रंगशालाको दर्शक क्षमता ६५ हजार रहेको छ।

सेन्ट पिट्र्सबर्ग रंगशाला, सेन्ट पिट्सबर्ग
५६ हजार दर्शक क्षमता रहेको सेन्ट पिट्सबर्ग रंगशालामा युरोकपका समूह चरणमा दुई समूहका तीन÷तीन र एक क्वार्टरफाइनल गरी सात खेल आयोजना हुनेछ। यो रंगशालामा समूह बी र समूह ईका समान तीन खेल हुनेछन्। यो रंगशाला सन् २०१७ मा स्थापना भएको हो।

पुस्कास रंगशाला, बुडापेस्ट
बुडापेस्टस्थित पुस्कास रंगशालामा युरोकपका समूह एफका तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछ। सन् २०१९ मा स्थापना भएको यस रंगशालाको दर्शक क्षमता ६८ हजार रहेको छ।

एरेना नेस्नोला, बुखारेस्ट
बुखारेस्टस्थित एरेना नेस्नोलामा समूह सीका तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछ। सन् २०११ मा सञ्चालनमा आएको यस रंगशालाको दर्शक क्षमता ५६ हजार रहेको छ। 

योहान क्रुफ एरेना, आम्स्ट्रडम
५४ हजार दर्शक क्षमता रहेको आम्स्ट्रडमस्थित योहान क्रुफ रंगशालामा युरो कपका समूह सीका तीन र अन्तिम १६ को एक खेल आयोजना हँुदैछ। यो रंगशाला सन् १९९६ मा स्थापना भएको थियो।

ओलम्पिक स्टेडिम, सेभिल
स्पेनको सेभिलस्थित ओलम्पिक स्टेडियमले युरोकपका समूह ईका तीन र अन्तिम १६ को एक गरी चार खेलको आयोजना गर्दैछ। ६० हजार दर्शक क्षमता भएको यस रंगशाला सन् १९९९ मा स्थापना भएको होे।

हाम्पाडेनपार्क, ग्लोस्गो
५२ हजार दर्शक क्षमता रहेको ग्लोस्गोस्थित हाम्पाडेन पार्कमा युरोकपका समूह डीका तीन र अन्तिम १६ को एक गरी चार खेल आयोजना हुँदैछ। यो रंगशाला सन् १९०३ मा स्थापना भएको हो।

पारकेन, कोपेनहेगन
३८ हजार दर्शक क्षमता भएको कोपेनहेगनस्थित पारकेन रंगशाला युरोकप आयोजना हुने सबैभन्दा सानो रंगशाला हो। यस रंगशालामा युरोकपको समूह बीका तीन र अन्तिम १६ कोे एक खेल गरी चार खेल आयोजना हुँदैछ। यो रंगशाला सन् १९९२ मा स्थापना भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.