मुम्बइमा भवन भत्किँदा सात बालबालिकासहित कम्तीमा ११ को मृत्यु, १७ घाइते

मुम्बइमा भवन भत्किँदा सात बालबालिकासहित कम्तीमा ११ को मृत्यु, १७ घाइते

काठमाडौं : पश्चिम भारतको मुम्बइमा एउटा आवासीय भवन भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सहरको मालाद क्षेत्रमा अवस्थित उक्त भवन भत्किएर छेउको एउटा छाप्रोलाई पुरेको बताइएको छ।

मृतकमध्ये सात बालबालिका र एक किशोर भएको बीबीसी मराठीले जनाएको छ। भग्नावशेषमा केही मानिस अझै जीवित भेटिन सक्ने अपेक्षासहित उद्धारकार्य चलिरहेको अधिकारिहरूले बताएका छन्। मुम्बई महानगरपालिकाका अनुसार घटनामा १७ जना घाइते भएका छन्। बीबीसी मराठीका अनुसार उक्त भवनका मालिक र कन्ट्र्याक्टरविरुद्ध कानुनी कारबाही सुरु भएको कुरा बीबीसी नेपालीमा उल्लेख छ।

बुधबार राति भवन भत्किएको घटनाबारे छानबिन गर्न अधिकारीहरूले निर्देशन दिएका छन्। महाराष्ट्र राज्यका एक मन्त्रीले ठूलो वर्षाका कारण उक्त दुर्घटना भएको बताएका छन्। भारतमा मनसुनका बेला भवन भत्किने घटना असामान्य हैन। ठूलो वर्षा हुन सक्ने सम्भावना भएकाले जीर्ण भवनबाट मानिसहरूलाई अन्यत्र सारिएको अधिकारीहरूले बताएका छन्। वर्षाका कारण विभिन्न क्षेत्रमा पानी जम्न थालेकाले मुम्बईमा उच्च सतर्कता अपनाइएको बताइएको छ।

प्रहरीका अनुसार भवनको भग्नावशेषबाट १८ जनालाई बाहिर निकालिएकोमा केवल सातजना मात्र बाँचेका हुन्। "प्रहरीले राम्ररी अनुसन्धान गरेर थप कारबाही गर्नेछ," वरिष्ठ प्रहरी अधिकारी दिलीप सावन्तले स्थानीय सञ्चारमाध्यमलाई भने।

प्रत्यक्षदर्शीहरूका अनुसार तीनतले भवन भत्किएरसँगै जोडिएका अन्य साना संरचनामाथि खसेको थियो। उक्त भवनको दोस्रो र तेस्रो तला भत्किएर खसेको महानगरपालिकाको आधिकारिक ट्विटरमा उल्लेख छ।

"यो घटना राति १०:१५ बजेतिर भएको थियो। अरू दुईजना मानिस आएर घरबाहिर निस्किन भनेपछि म बाहिर गएँ। बाहिर जाँदै गर्दा मैले हाम्रो भवननजिकै एउटा डेरीसहित तीनवटा भवन भत्किएको देखेँ," एक स्थानीय बासिन्दाले मुम्बई मिरर पत्रिकालाई बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.