महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधारमा प्राथमिकता

महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधारमा प्राथमिकता

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधारलाई मुख्य प्राथमिकता दिएको छ । 

प्रदेशसभामा शनिवार प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा कोरोना महामारीबाट नागरिकको जीवन रक्षा गर्न स्वास्थ्य क्षेत्रको विकास र स्तरोन्नति गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले महामारी नियन्त्रणका लागि समुदायस्तरमा स्वास्थ्य परीक्षण, स्वास्थ्य उपकरणको व्यवस्थापन, जिल्ला अस्पतालको स्तरोन्नति, संक्रमितको उपचार र जटिल प्रकारका संक्रमितको हवाइ उद्धार गर्ने विषयलाई प्राथमिकता दिएको छ । 

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारको विकास, दक्ष जनशक्तिको व्यवस्थापन र उपकरणको व्यवस्थापन गरिने उल्लेख छ ।

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा पाँचसय शैयाको कोभिड अस्पताल स्थापना गर्ने घोषणा गरेको छ । जहाँ संक्रामक रोगको उपचार गरिने छ । 

‘हामी महामारीलाई जित्छौं’ भन्ने आत्मविश्वासका साथ कोरोना महामारीविरुद्ध जुध्न प्रदेशका सबै जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने घोषणा पनि प्रदेश सरकारले गरेको छ । जसअन्तर्गत सबै जिल्ला अस्पतालहरुमा कम्तिमा एक भेन्टिलेटर, पाँच वटा आईसीयु कक्ष र पचास वटा शैया तत्काल व्यवस्थापन गरिनेछ । महामारी नियन्त्रणका लागि प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था, पर्याप्त अक्सिजनको उपलब्धता र औषधिको आपूर्ती गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै दुर्गमका जटिल प्रकृतिका संक्रमितको हवाइ उद्धार गरेर अस्पतालमा उपचार गराउने, गर्भवती तथा सुत्केरीको हेलिकोप्टबाट उद्धार गर्ने, अस्पतालमा भर्ना भएको संक्रमितको निशुल्क उपचार र पोषिलो खाना, महामारी नियन्त्रणमा सघाउन स्वमंसेवक परिचालन, आवश्यक स्वास्थ्यकर्मी तथा चिकित्सकको व्यवस्थापन, उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ताको व्यवस्था र लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउने विषयहरु पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।

 

त्यसैगरी सबै जिल्लामा अक्सिजन प्लान्टसहित सरुवा रोग अस्पताल स्थापना, सुर्खेतमा रहेको प्रदेश अस्पताललाई विषेशज्ञ शिक्षण अस्पतालको रुपमा विस्तार, एक स्थानीय तह, एक स्वास्थ्यकर्मी परिचालन कार्यक्रम र वीरेन्द्रनगरमा जनस्वास्थ प्रयोगशाला संचालन गर्ने उल्लेख छ ।

  हरेक स्थानीय तहमा १५ शैयाका अस्पताल, टेलिमेडिसिन सेवा, जेष्ठ नागरिक लक्षित ‘प्रदेश प्रमुख दन्त उपचार सेवा तथा देश दर्शन कार्यक्रम’ र प्रदेशमा औषधि, स्वास्थ्य सामग्री तथा उपकरणहरुको सहज आपूर्तिका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गर्ने घोषणा पनि नीति तथा कार्यक्रममार्फत गरिएको छ । धेरै पुराना कार्यक्रमहरुलाई यसपाली पनि निरन्तरता दिइएको छ । स्वास्थ्यसँगै कृषि, पर्यटन र सडक पूर्वाधारलाई पनि सरकारले प्राथमिकता दिएको छ । सुर्खेत विमानस्थलको विस्तार, जिल्ला सदरमुकामबाट प्रदेश राजधानी जोड्ने सडक निर्माण, भेरी–बबई आयोजनाको बाँधमा प्रदेशकै लगानीमा विद्युत उत्पादन, दुर्गममा आवासिय विद्यालय संचालन तथा खाना, नाना र छाना कार्यक्रम पनि संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.