गण्डकीमा मुख्यमन्त्रीसहित चार विना विभागीय मन्त्रीले लिए शपथ

गण्डकीमा मुख्यमन्त्रीसहित चार विना विभागीय मन्त्रीले लिए शपथ

काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार साँझ मुख्यमन्त्री नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। 

गण्डकीमा मुख्यमन्त्री नेपालीसहित पाँच मन्त्रीले शपथ लिएका छन्। विना विभागीय मन्त्रीको रुपमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र दीपक मनाङे ​उर्फ राजीव गुरुङले शपथ लिएका हुन्। 

गुरुङ नै कांग्रेस संसदीय दलका नेता पोखरेल नेतृत्वको सरकार बनाउन आवश्यक ३१ मतका लागि निर्णायक बनेका थिए। उनीहरुलाई मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्री नेपालीले बिना विभागीय मन्त्रीको रुपमा चार जनालाई मन्त्री बनाएका हुन्।

संविधानको धारा १६८ को (५)  अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख पौडेलको आह्वान अनुसार हिजो नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी ३१ जना नै सशरीर प्रदेश प्रमुख कहाँ पुगेका थिए। 

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको थियो। ६० प्रदेश सभाका २७ सांसदले उनलाई मत दिए भने ३० जना विपक्षी उभिए। १ जना तटस्थ रहे। १ जना उपस्थितै भएका थिएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.