प्रदेश २ बजेट: कोरोना नियन्त्रणमा २० करोड, पोखरी सौन्दर्यीकरणमा ३२ करोड !

प्रदेश २ बजेट: कोरोना नियन्त्रणमा २० करोड, पोखरी सौन्दर्यीकरणमा ३२ करोड !

जनकपुरधाम: प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले छैठौं अधिवेशनको ९ औँ बैठकमा मार्फत प्रस्तुत गरेको वार्षिक आय-व्यय विवरणमा चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार रकम बिनियोजन गरेको छ । जुन कूल रकमको ४६.२६ प्रतिशत रकम हो ।

यसैगरी पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रकम विनियोजित गरिएको छ । यो कूल रकमको ५३.४४ प्रतिशत हो । बजेटमा वित्तिय व्यवस्थातर्फ १० करोड अर्थात ०.३० प्रतिशत विनियोजन गरिएको छ । बजेटको श्रोतमा नेपाल सरकारको तर्फबाट अनुदान १३ अर्ब ९० करोड ३४ लाख रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये आन्तरिक श्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार रहेको छ । राजश्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ६ अर्ब २५ करोड गरी जम्मा ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार व्यहोर्दा १ अर्ब न्युन हुने देखिन्छ ।

सो न्युन रकम पूर्तिका लागि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने उल्लेख गरिएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका अन्तर्गत आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ । प्रदेशभरका स्थानीय तहहरुलाई आगामी आर्थिक वर्षमा वित्तिय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख बजेट विनियोजन गरिएको हो ।

कोभिड नियन्त्रणमा भन्दा पोखरी सौन्दर्यीकरणमा बढी !

बजेटमा स्वास्थ्य क्षेत्र, कृषि, शिक्षा, रोजगार, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतमा जोड दिइएको छ । कोरोना महामारी नियन्त्रणका लागि २० करोड छुट्याइएको छ । तर यसभन्दा बढी पोखरी सौन्दर्यीकरण, मूख्यमन्त्री स्वच्छता अभियानका लागि छुट्याइएको छ ।

पोखरी सौन्दर्यीकरणमा ३२ करोड र मूख्यमन्त्री स्वच्छता अभियानमा ३१ करोड विनियोजन गरिएको भन्दै समाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ । कोरोना महामारी भन्दा सरकारले पोखरी सौन्दर्यीकरणलाई बढी प्राथमिकता दिएपछि सामाजिक सञ्जालमा आलोचना हुन थालेको हो ।

जवकि प्रदेश २ का विभिन्न जिल्लाहरुमा कोरोना महामारी फैलने क्रम अझै रोकिएको छैन । पहिलो र दोस्रो लहरमा प्रदेश २ का विभिन्न जिल्लाहरु हटस्पट समेत बनेका थिए । स्वास्थ्यकर्मीहरुले तेस्रो लहरको चेतावनी दिइरहँदा प्रदेश सरकारले त्यसका लागि प्राथमिकता नदिएर अन्य क्षेत्र हेरेकोमा युवाहरुले आलोचना गर्न थालेका हुन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश २ सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो । जसमा चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत रकम विनियोजन गरिएको थियो भने पूँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत विनियोजन गरिएको थियो ।

यसअघि, गत आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.