५१ कम्पनीका सेयर जोखिमपूर्ण

५१ कम्पनीका सेयर जोखिमपूर्ण

काठमाडौं : साथमा सेयर हुनेहरू मूल्य वृद्धिबाट हौसिइरहनुभएको त छैन ? हरेक अस्वाभाविक वृद्धि प्राकृतिक हुँदैनन्। नेपाल धितोपत्र बोर्ड लामो अध्ययनपछि ५१ कम्पनीले अस्वाभाविक चलखेल गरेर मूल्य बढाएको निचोडमा पुगेको छ। 

यससँगै ती कम्पनीका पछिल्लोपल्ट सेयर किन्नेहरू जोखिममा पर्न सक्नुहुनेछ। पछिल्लो समयमा सेयर कारोबारलगायत सबै सूचक सकारात्मक ढंगले अघि बढिरहेका बेला यस्तो तथ्य बाहिरिएको हो। यसलाई बोर्डले ‘कर्नरिङ’ भनेको छ। 

एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ३ सय प्रतिशतभन्दा बढी वृद्धि भएको पाइएको छ। मूल्य आम्दानी अनुपात १ सयभन्दा बढी रहेका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा नेटवर्थ कम भएका कम्पनीको सेयरमा चलखेल भएको अध्ययनबाट पत्ता लागेको छ। 

बिमा कम्पनी, बैंक तथा वित्तीय संस्था, लघुवित्त, हाइड्रोपावर तथा औद्योगिक क्षेत्रले अस्वाभाविक मूल्य बढाएको पाइएको बोर्डले जनाएको छ। यसमा बोर्डले अनुसन्धान सुरु गरेको छ। भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्रसम्बन्धी कसुरमा पनि अध्ययन भइरहेको बोर्डले जनाएको छ। 

पछिल्लो समयमा सेयर बजार लगातार बढिरहेको छ। झण्डै दैनिक २० अर्बको कारोबार भइरहेको छ। नेप्से परिसूचक ३ हजार पुगेको छ। सेयर बजारमा दिनदिनै उछाल आएपछि धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको हो। 

धितोपत्र बजारको जोखिमलाई मनन गरेर मात्रै लगानी गर्न बोर्डले भनेको छ। दोस्रो बजारले उद्योगधन्दा चलायमानमा खासै उपलब्धि हासिल हुन नसक्ने धितोपत्र बोर्डको विश्लेषण छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले जुन पायो त्यही कम्पनीमा लगानी गर्न उचित नहुने प्रतिक्रिया दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.