अर्घाखाँचीमा धान रोप्ने चटारो (फोटोफिचर)
सन्धिखर्क : अर्घाखाँचीका विभिन्न ठाउँमा धान रोप्ने चटारो सुरु भएको छ । विगतका वर्षमा खडेरीले धान रोप्न ढिलाइ हुने भएपनि यस वर्ष बेलैमा वर्षा भएपछि गाउँघरमा धान रोपाइँ सुरु भएको हो ।
अहिले जिल्लाका अधिकांश फाँटमा किसान बिहानदेखि नै धान रोपाइँमा व्यस्त हुने गरेका छन् । कोरोना महामारीका कारण काममा केही असहज भएपनि गाउँघरतिर रोपाइँ भने धमाधम सुरु भएको छ।
किसानलाई धानबाली लगाउन र भित्र्याउन लकडाउनले कुनै रोकावट नगर्ने मन्त्रिपरिषद बैठकले यसअघि नै निर्णय गरेको छ।
तस्बिरमा हेर्नुस् मालारानी ३ खनारको खजुने खोलास्थित खेतमा धान रोप्दै किसान।