मलामी जाँदा खोलाले बगाएका अधिकारी मृत फेला
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा खोलाले बगाएर बेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका ५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृत अवस्था फेला परेका हुन् ।
मृतक अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए ।
मलामी गएका अधिकारी स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएर बेपत्ता भएका थिए । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
८