चीन भन्छ: १ अर्ब भन्दा धेरै खोप प्रयोग गरियो

चीन भन्छ: १ अर्ब भन्दा धेरै खोप प्रयोग गरियो

बेइजिङ: चीनले कोभिड १९ को खोप १ अर्ब डोज भन्दा धेरै प्रयोग गरिसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जुन संख्या विश्वभर वितरण भएको एकतिहाइ भन्दा पनि धेरै हो ।

चीनका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीहरुले आइतबार यस्तो बताएका हुन् । जवकि हालसम्म विश्वभर साढे २ अर्ब खोप वितरण भएको छ ।

तर हालसम्म कति नागरिकले खोप लगाइसके वा कति बाँकी छन् भन्ने यकिन गरेको छैन । सरकारले भने यस महिनाको अन्त्यसम्म देशको ४० प्रतिशत जनसंख्यालाई पूर्ण रुपमा खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

केही प्रान्तले भने जनतालाई खोप प्रति उत्साही गराउन निशुल्क खोप वितरण गर्दैछन् । चीनमा पछिल्लो आइतबार एकै दिन जम्मा २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

चीनमा हालसम्म चार प्रकारका कोभिड खोपले स्वीकृति पाएका छन् । चिनियाँ मिडियाका अनुसार यस वर्ष चीनले ३ अर्ब भन्दा धेरै खोप उत्पादन गर्ने लक्ष्य लिएको छ । तर चीनले कहिलेसम्म आम रुपमा प्रतिरोधी क्षमता 'हर्ड एम्युनिटी' को लक्ष्य हासिल गर्छ वा विदेशमा खोप विक्री गर्छ भन्नेबारे स्वास्थ्य अधिकारीहरुले बताएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.