अफगान राष्ट्रपति र तालिवान वार्ता प्रक्रिया प्रमुख अमेरिका पुगेर बाइडेनलाई भेट्दै

अफगान राष्ट्रपति र तालिवान वार्ता प्रक्रिया प्रमुख अमेरिका पुगेर बाइडेनलाई भेट्दै

वासिङटन: अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र देशको शान्ति प्रक्रिया प्रमुख अब्देल्लाह अब्दुल्लाहले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्दैछन् ।

अमेरिका पुगेका उनीहरुले शुक्रबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै पुगेर बाइडेनसँगको भेटवार्ता गर्न लागेका हुन् । अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने तयारी भइरहँदा अफगान नेता घानी अमेरिका पुगेर भेटवार्ता गर्न लागेका हुन् ।

बाइडेनले यही वर्षको सेप्टेम्बर ११ सम्म अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिकलाई फिर्ता गर्न निर्देशन दिएका छन् । जुन अमेरिकामाथि आतंकवादी हमलाको २०औं स्मृति दिवस समेत हो ।

"राष्ट्रपति घानी र डा अब्दुल्लाह अब्दुल्लाहले अमेरिकी सेना फिर्ता गरिरहँदा अमेरिका र अफगानिस्तानबीच स्थायी साझेदारीको विषयलाई जोड दिनेन्," प्रवक्ता जेन साकीले बताइन् ।

अमेरिकाले आफ्ना सेना सेप्टेम्बर ११ सम्म फिर्ता गरिसक्ने भनिरहँदा अफगानिस्तानमा युद्धरत सशस्त्र समूह तालिबानले भने सरकारी फौजसँग हरेक दिन भीडन्त गरिरहेको छ । साथै ४० जिल्लामा आफूहरुले कब्जा गरेको तालिबान समूहको दाबी छ ।

यस्तै शान्ति वार्ताको लागि अमेरिका पुगेका घानी र अब्दुल्लाहलाई लक्षित गर्दै तालिबानले असन्तुष्टि व्यक्त गरेको छ । तालिबानले उनीहरु शान्ति वार्ताका लागि अमेरिका पुगे पनि अफगानिस्तानमा युद्ध अन्त्य गर्ने "वास्तविक इस्लामिक विधि" भएको प्रतिक्रिया दिएको छ ।

तालिबान समूह र अफगान सरकारबीच वार्ता प्रक्रिया महिनौँदेखि स्थगित छ । र तालिबान हमला समेत पछिल्लो समय बढ्दो क्रममा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.