ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस संक्रमणबाट १ हजार २५ जनाको निधन भएको हो । ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ । 

ब्राजिलमा सन् २०२० फेब्रुअरी २६ बाट  शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म अर्थात  सन् २०२१ जुन २० सम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएको छ । हिजो आइतबार ब्राजिलका सञ्चार माध्यमहरुले पनि ब्राजिलमा कोरोनाको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख नाघेको जानकारी दिएको थियो । 

गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिएको छ । यो संख्यासँगै ब्रालिजमा कूल संक्रमितको संख्या करिब १ करोड ८० लाख पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।

ब्राजिलमा कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा संक्रमितहरु झन् बढ्न थालेका छन् ।  ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सक्रङ्मणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ ।

ब्राजिल कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । यहाँका ८ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.