नाइजेरियामा प्रहरी अधिकृतको अन्धाधुन्ध गोली प्रहारबाट पाँचजना मारिए, चार घाइते
नाइजर: नाइजेरियाका एक प्रहरी अधिकृतले अन्धाधुन्ध गोली प्रहार गर्दा पाँच जना मारिएका छन् । साथै चार जना घाइते भएका छन् ।
ती प्रहरी इन्स्पेक्टरले आफ्नै गृह क्षेत्र एनुगुमा आइतबार यस्तो हंगामा मच्चाएका थिए । प्रहरी प्रवक्ता डानिएल न्दुक्वेका अनुसार घटनामा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । साथै उनीहरुको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
गोलीकाण्डपछी ती इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । र नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताइएको छ । ती अधिकृतले किन अचानक गोली प्रहार गरे भन्नेबारेमा यकिन विवरण आइसकेको छैन ।
नाइजेरियाको दक्षिणपूर्वी क्षेत्रमा पछिल्लो समय सुरक्षाकर्मीहरुमाथि आक्रमण बढ्दो क्रममा रहेको तथ्यांक छ । जहाँ प्रहरी अधिकृतहरु सहित सयौँ सुरक्षाकर्मी मारिने क्रम बढेको बताइन्छ ।