नाइजेरियामा कोरोनाबाट भन्दा धेरै नागरिक सुरक्षा फौजबाट मारिए !

नाइजेरियामा कोरोनाबाट भन्दा धेरै नागरिक सुरक्षा फौजबाट मारिए !

नाइजर: नाइजेरियामा कोभिडका कारणले भन्दा सुरक्षा फौजले गर्दा धेरै मानिस मारिएको यहाँका स्थानीय अधिकार समूहहरुले जनाएका छन् ।

मानवअधिकार आयोगका अनुसार हत्याको प्रमाण स्थानीयहरुबाट आएको हो । नाइजेरियामा लकडाउनको अवधिभर मार्च ३० देखि कानूनको पालना गराउनेहरुबाटै १८ जना मारिएका छन् । जवकि कोभिड १९ का कारण १२ जनाको मृत्यु भयो ।

२ करोड जनसंख्या जति जनसंख्या भएको नाइजेरियामा कोभिडका बिरामीको संख्या ४०७ छ । जुन देशका भीडभाड हुने क्षेत्रमा ह्वात्तै बढ्ने खतरा देखाइएको छ।

नाइजेरियाको सुरक्षा फौज क्रूरताको प्रतिकको रुपमा समेत चिनिन्छ । विदेश सम्बन्ध परिषदका अनुसार गत वर्ष नाइजेरियामा राज्यका अधिकारीहरुबाटै १४७६ जना मारिएका थिए ।

लकडाउनको अवधिमा राष्ट्रिय मानवअधिकार आयोगको एक रिपोर्टका अनुसार ८ वटा अलग अलग विवादास्पद हत्याका घटना भएका थिए । जहाँ १८ जना मारिएका थिए ।

नाइजेरियाका तीन राज्य लागोस, ओगुन र अबुजामा दुई हप्ताको लकडाउन लम्ब्याइएको छ । देशका ३६ राज्यमध्ये २४ राज्यमा १ सय भन्दा बढी मुद्दा परेका छन् ।

तर यहाँको सुरक्षा फौजले मानवअधिकार आयोगको रिपोर्टबारे कुनै प्रतिक्रिया दिएको छैन । तर यसै महिनाको सुरुमा नाइजेरिया प्रहरीले नागरिकहरुलाई नियम उल्लंघन गर्ने प्रहरी अधिकृत विरद्ध उजुरी दिन आग्रह गरेको थियो ।

यसैबीच नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले सार्वजनिक रुपमै आम नागरिकहरुलाई धम्की समेत दिएका थिए । उनको विवादास्पद अभिव्यक्तिका कारण ट्वीटरले उनको ट्वीट समेत ब्लक गरिदिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.