बागलुङमा ट्याक्टर दुर्घटना, सह–चालकको मृत्यु

बागलुङमा ट्याक्टर दुर्घटना, सह–चालकको मृत्यु

बागलुङ : बागलुङ नगरपालिका–३ रात्माटामा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध १ च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा गम्भीर घाइते भएका बागलुङ–१२ का १८ वर्षीय युवा सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

सडकमा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई सडकबाट खस्दा ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका सहचालक विकलाई धौलागिरी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक इकवाल हवारीले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.