टोक्यो ओलम्पिक्सका लागि दर्शक संख्या निर्धारण

टोक्यो ओलम्पिक्सका लागि दर्शक संख्या निर्धारण

स्वास्थ्य अधिकारीहरूको चेतावनीका बावजुद जापान २०२० ओलम्पिक्सका खेलहरू हुने स्थानमा दश हजारसम्म जापानी प्रशंसकलाई सहभागी हुन दिइने भएको छ। विदेशी दर्शकहरूमाथि पहिल्यै प्रतिबन्ध लगाइसकिएको छ तर आयोजकहरूका अनुसार खेल हुने स्थानको क्षमताभन्दा ५० प्रतिशत नाघ्न नदिई घरेलु दर्शकलाई उपस्थित हुन दिइनेछ । दर्शकहरूलाई चिच्याउन अथवा ठूलो स्वरमा बोल्न दिइनेछैन र खेल स्थलमा हरेक समय मास्क लगाएको हुनुपर्छ। 

ओलम्पिक्सका जुलाइ २३ तारिखबाट शुरू हुनेछ भने त्यसको एक महिनापछि अर्थात् अगस्ट २४ तारिखबाट प्यारालिम्पिक्स शुरू हुनेछ। 

प्यारालिम्पिक्सको हकमा दर्शकहरूको संख्या जुलाइ १६ तारिखमा टुङ्गो लगाइने इन्टरन्याश्नल ओलिम्पिक कमिटी, इन्टरन्याश्नल प्यारालिम्पिक कमिटी, टोक्यो ओलम्पिक्सका २०२० आयोजक समिति, टोक्यो महानगर तथा जापानी सरकारद्वारा जारी संयुक्त वक्तव्यमा जनाइएको छ।

दर्शकविना खेलहरू सञ्चालन गर्नु कम जोखिमयुक्त र राम्रो विकल्प हुने भन्दै जापानका चिकित्साविद्हरूले दिएका सुझावसहितको प्रतिवेदन गत साता मात्र सार्वजनिक भएको थियो।

टोक्यो ओलम्पिक्सका २०२० आयोजक समितिका सभापति सिइको हाशिमोतोले भने, 'दर्शकको सहभागितामा हुने घरेलु तथा अन्तर्राष्ट्रिय थुप्रै खेल प्रतियोगिता छन्। 'जनस्वास्थ्यका मापदण्डको पालना र सरकारी नियमभित्र रहेर दर्शकको उपस्थितिमा प्रतियोगिता गराउन सकिने हाम्रो विश्वास छ। 'सारा विश्वले यही समस्या झेलिरहेको छ र यसबाट पार पाउन मिलेर हामीले काम गर्नुपर्छ,' उनले थपे।

प्रतिनिधिमण्डलका सदस्य र प्रायोजकलाई आयोजकका रूपमा वर्गीकरण गरिने भएकोले दश हजार संख्यामा उनीहरू जोडिने छैनन्।

कोरोना भाइरस संक्रमण बढेमा र जापानको स्वास्थ्य प्रणालीमाथि असर परेको खण्डमा थप प्रतिबन्धात्मक कदमबारे पाँच पक्षले पुनर्विचार गर्नेछन्। त्यो भनेको खेलस्थलमा दर्शकको संख्या थप घटाउन सकिने कुरा हुन्छ।

ओलम्पिक्सका कारण जापानमा कोरोना भाइरस संक्रमण बढ्न सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्। त्यसलाई ध्यानमा राख्दै गत हप्ता मात्रै जापानी प्रधानमन्त्री योशिहिदे सुगाले रङ्गशाला जानुभन्दा टेलिभिजनमा खेलहरू हेर्न दर्शकहरूलाई प्रोत्साहित गरेका थिए।

प्रतियोगिता शुरू हुनुभन्दा पाँच हप्ताअघि आइतवार टोक्योमा आपत्कालीन अवस्था हटाइएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.