भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ । यस्तै दैनिक संक्रमितको संख्या घट्दै गएर अहिले ५० हजारमा झरेको बताइएकाे छ । कुल संक्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा कोरोनाभ भाइरसबाट कुल संक्रमितको संख्या तीन करोड २८ हजार २०९ पुगेको छ । पछिल्लो २५ घण्टामा भने ५० हजार ८४८ जना संक्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जना जनाको मृत्यु भएको छ । 

यो सँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या भने तीन लाख ९० हजार ६६० पुगेको छ । महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको संख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ । 

भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकको संख्या घट्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या ६ लाख ४३ हजार १९४ रहेको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.