सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने सत्ती पुल भासियो

सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने सत्ती पुल भासियो

टीकापुर : सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने कर्णाली नदीको सत्ती घाटको पुल भासिएको छ। कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाको सीमामा रहेको कर्णाली नदीको पुल कर्णाली नदीमा पानी बढेपछि भासिएको हो। 

पुलको राजापुरतर्फको भाग भासिएको टीकापुर नगरपालिका ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले जानकारी दिए। अध्यक्ष ठकुल्लाले कर्णाली नदीले राजापुरतर्फको भाग कटान गरेर भासिएको बताए। 

इलाका प्रहरी कार्यालय सत्तीका इञ्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दका अनुसार अनुसार नदीले पूर्वतर्फको भाग छेउबाट भासिन थालेपछि पुलमा आवागमन बन्द गरिएको छ। 

नदी कटान रोक्नका लागि स्थानीयले प्रयास गरिरहेका छन्। इलाका प्रहरी कार्यालय राजापुरबाट समेत सुरक्षाकर्मी खटिएको चन्दले बताए। 

यो पुल हुलाकी राजमार्ग अन्र्तगत निर्माण भएको हो। पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो।

यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो। विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए।

पाँच वर्षअघि पुलको निर्माण रसुवा कन्स्ट्रक्सन प्रालिले समयावधि भन्दा झण्डै नौ महिना अगाडि निर्माण सम्पन्न गरेको थियो।

पुलको उक्त क्षेत्रमा वर्षेनी कटान हुँदै आएको थियो । पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत सम्भार गर्दै आए पनि गत वर्षदेखि भासिएको भाग मर्मत हुन नसक्दा राजापुरतर्फको भाग भासिएर आवागमन अवरुद्ध भएको हो । 

दुई वर्ष अघिदेखि नै राजापुरतर्फको भागमा ठूलो प्वाल परेको थियो । समयमा मर्मत नहुँदा श्रीलंका, तोलीगाउँ समेत जोखिममा परेको स्थानीय श्याम चौधरीले बताए । 

कर्णाली चिसापानी पुल भन्दा तल कर्णाली नदीको बीचमा सयौंको संख्यामा टापुहरु रहेका छन् ।
 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.