केनको ध्यान युरो कपमा

केनको ध्यान युरो कपमा

लन्डन : इङ्ल्यान्डका कप्तान हेरी केनले अहिले आफ्नो भविष्यका बारेमा सोच्नुभन्दा पनि युरो कपमा मात्रै केन्द्रित भएको बताएका छन्। उनले प्रिमियर लिग क्लब टोट्टनहाम छाडेर अर्को क्लबमा जान लागेको चर्चा चलिरहेका बेला केनले आफ्नो ध्यान क्लबमा भन्दा पनि युरो कपमा केन्द्रित भएको बताएका हुन्।

उनले टोट्टनहामसँग पछिल्लो समय कुनै सम्पर्क नभएको र पुरानो क्लब छाड्न चाहे पनि आगामी गन्तव्यका बारेमा भने अहिलेसम्म नसोचेको बताएका छन्। इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीमा आबद्ध हुन लागेको खबर बाहिर आए पनि केनले भने अहिलेसम्म कुनै निर्णय गरिनसकेको बताए। 

‘टोट्टनहाममा मेरो भविष्य के हुन्छ भनेर मैले अहिलेसम्म सोचेकै छैन। म अहिले युरो कपमा केन्द्रित भएको छु। ‘मैले टोलीका लागि अहिलेसम्म गोल गर्न सकेको छैन। त्यसैले धेरैले यसले मेरो क्लब भविष्यलाई पनि असर पर्ने मान्छन्’, केनले भने, ‘तर मलाई क्लबको चिन्ताभन्दा पनि युरो कपमा इङ्ल्यान्डलाई कसरी सफलता दिलाउने भन्ने छ।’ 

केनले गत सिजन टोट्टनहामबाट ४९ खेलमा ३३ गोल गरेका थिए। उनले जारी युरो कपमा भने गोलको खाता खोल्न सकेका छैनन्। त्यसैले केनको प्रदर्शनलाई लिएर धेरैले प्रश्न पनि उठाउँदै आएका छन्। केनले सन् २०२०–२१ सिजनमा प्रिमियर लिगको गोल्डेन बुटको अवार्ड जितेका थिए। त्यस्तै उनले सन् २०१८ मा रूस विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए। 

इङ्ल्यान्डले युरो कपमा मंगलबार राति जर्मनीको सामना गर्दैछ। अन्तिम १६ को खेलमा सशक्त प्रतिद्वन्द्वी पाएकाले पनि धेरैले केनको अग्निपरीक्षा हुने बताएका छन्। ‘मानिसहरूले छिट्टै आफ्नो धारणा परिवर्तन गर्छन्’, केनले भनेका छन्, ‘सबै मैले गोल गरेको हेर्न चाहन्छन्। यो स्वाभाविक पनि हो। तर, सधैं कुनै खेलाडीले एकै प्रकारको प्रदर्शन गर्छ भन्ने छैन। कहिले उत्कृष्ट हुन्छ त कहिले स्वाभाविक प्रदर्शन गर्न पनि सक्दैन। मलाई आपूmप्रति विश्वास छ। म १०–१५ खेलमा गोल नगरी बस्न सक्छु र त्यसपछि पुनः लयमा पनि फर्कन सक्छु। त्यसैले केही खेलमा गोल नगर्दा म चिन्तित छैन। मैले रूस विश्वकपमा गोल्डेन बुट जितेको धेरै समय भएको छैन।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.