स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वास्थ्य सामाग्री हस्तान्तरण

धनगढी : सुदूरपश्चिम घर भएर अष्ट्रेलियामा कार्यरत नेपालीले सुदूरपश्चिमका चार जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामग्री पठाएको छ। कैलालीमा केन्द्रीय कार्यालय रहेको विकासमा सिर्जनसिलता नेपाल (सिआईडी नेपाल) मार्फत झण्डै अढाई लाख बराबरको स्वास्थ्य सामग्री पठाइएको हो। 

सिआईडी नेपालका अध्यक्ष डिल्लीराज भट्टले, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राजकुमार महतो, बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र डोटीका प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए।

नेपालमा कोभिड महामारीले धेरै जनाको ज्यान गएको, मास्क सेनेटाइजर हेयर क्याप, पल्स अक्सोमिटर जस्ता सामग्रीको अभाव भएका बेला विदेशमा रहेका नेपालीले यी सामग्री पठाएका हुन्। अस्टे«लीयामा रहेको सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाका उपाध्यक्ष प्रेम राज उप्रेतीले जन्मस्थानका बासिन्दाका लागि सानो भए पनि सहयोग गरिएको बताए। उनीसँगै अभियानका सुदूरपश्चिम घर भएका कृष्ण क्षेत्री महराको पनि सहभागिता रहेको थियो।

सुदूरपश्चिमका नेपालीको पीडामा सानो सहयोग गरिएको सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाका अध्यक्ष महादेव धानुकले बताए। समाजले यहाँ कार्यरत नेपालीहरुबाट संकलन गरिएको रकमबाट स्वास्थ्य सामाग्री पठाएको हो। 

चार वटै जिल्ला प्रशासन कार्यालयलाई २७ हजार थान सर्जिकल मास्क, ५ सय एमएलको सेनेटाइजर ३ सय थान, हेयर क्याप एक हजार, केएन ९५ मास्क ४२० थान र पल्स अक्सोमिटर ४० थान विरतण गरिएको हो।

सुदूरपश्चिमका अरु पाँच वटा जिल्ला अछाम, बाजुरा, बझाङ, कैलाली र डडेल्धुरामा पनि स्वास्थ्य सामाग्री पठाउने तयारी भइरहेको विकासमा सिआईडी नेपालका अध्यक्ष डिल्लीराज भट्टले बताए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.