बीपी प्रतिष्ठानका पदाधिकारीले प्रयोग गर्ने सवारी साधन जफत

बीपी प्रतिष्ठानका पदाधिकारीले प्रयोग गर्ने सवारी साधन जफत

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राखेर आन्दोलनमा उत्रिएका यहाँका चिकित्सक, नर्स र कर्मचारीले पदाधिकारी चड्ने सवारी साधन जफत गरेका छन्। 

आन्दोलनरत चिकित्सक र कर्मचारीले आइतबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रयोग गर्दै आएको सवारी साधन जफत गरेका हुन्। 

१३ दिनदेखि प्रतिष्ठान सुधारको माग गरेर आन्दोलनमा उत्रिएका चिकित्सक कर्मचारीका जायज मागलाई प्रतिष्ठानका पदाधिकारीले सम्बोधन गर्न आनाकानी गरेको भन्दै उनीहरुले प्रयोग गर्दै आएको सवारी साधन जफत गरेको प्रतिष्ठानको संयुक्त संघर्ष समितका संयोजक डा. सूर्यप्रसाद रिमालले जानकारी दिए। उनले प्रतिष्ठानका उपकुलपति गिरी सवार साधनको चाबी बोकेर काठमाडौं गएकाले उनी आए लगतै सवारी साधन जफत गर्ने बताए। 

प्र्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानलाई सुधार गर्न भन्दा पनि औषधि उपकरण लगायतका सामग्री खरिदमा आर्थिक अनियमितताका घटनामा संलग्न भएर प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै यहाँ कार्यरत चिकित्सक र कर्मचारी आन्दोलित भएका छन्। 

दिनहुँ प्रतिष्ठानमा आन्दोलन हुन थालेपछि प्रतिष्ठानको स्वास्थ्य सेवा र कर्मचारी प्रशासनबाट प्रदान गरिने सेवा प्रभावित भएको छ। संयुक्त संर्घष समितिका सदस्य डा. अमृत जैशीले प्रतिष्ठान सुधार गरौं भनेर आन्दोलन गर्दा समेत पदाधिकारीले अटेर गरेकाले सोमबारदेखि प्रतिष्ठानमै रिले अनसन सुरु गर्ने बताए। 

बीपी प्रतिष्ठान देशकै महत्वपूर्ण र ठूलो स्वास्थ्य संस्था भएकाले यसलाई बचाउन चिकित्सक कर्मचारीको कर्तव्य ठानेर आन्दोलन थालिएको उनको भनाइ छ। 

प्रतिष्ठानको सेवा सुधारको माग गर्दै धरानका नागरिक समाज र विभिन्न प्रमुख नौ राजनीतिक दलले समेत आन्दोलन गर्दा समेत प्रतिष्ठानका उपकुलपति गिरी कार्यालय छाडेर काठमाडौं बसेको भन्दै धरानवासीले आक्रोस पोखेका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.