बुहारी भागेको हल्ला फैलाएर हत्या !

बुहारी भागेको हल्ला फैलाएर हत्या !

जनकपुरधाम: गत जेठ महिनाको १९ गतेदेखि वेपत्ता २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै खेतमा खाल्डो खनेर गाडिएको र सडेको अवस्थामा भेटिएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा घर भएकी सुजिताको शव घरबाट एक किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले पत्ता लगाएको हो ।

माइती पक्षले भने सुजिताको शव देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससूरा पतिराम ठाकुर सहित परिवारजनले हत्या गरेर लुकाएको आरोप लगाएको छ । मृतक सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि यस्तै बहिनीलाई ज्यान मार्ने धम्की दिइएको थियो । मेरो बहिनीलाई उनको देवर रुपेश ठाकुरले तकिया मुखमा कोचर मार्न खोजेको थियो, तर त्यतिबेला हातमा दाँतले टोकेर बाँचेकी थिइन् । सधैँ एकनाश हुँदैन आखिर पापीहरुले मेरो बहिनीको ज्यान लिएरै छाडे ।’

शिवम पाण्डेले भने "जेठ महिनाको १९ गते सुजिताको देवरले फोन गरेर सुजिताले झै–झगडा गरेको छ तपाईँहरु आउनुस् लिएर लैजानुस् भने । फेरि एकैछिनमा फोन गरेर आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भने ! मलाई त्यही दिन लाग्दै थियो कि मेरो बहिनीलाई यिनीहरुले केही गरिदिए तर हामीले सामान्य घर झगडा भनेर छोडीदियौँ, पछि २१ गते बहिनीको ससूराली भ्रमरापुर गएर बुझ्दा तपाईँको छोरी बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भनियो, हामीलाई विश्वास लागेन । बहिनीको कोठामा लगाइएको ताला फोडेर हामीले हेर्‍यौँ, त्यहाँ सामानहरु लत्ताकपडा, गरहना सबै छँदैथियो, तर बहिनी भागिन् भनेर भन्दा हामीमा अझ शंका पस्यो, तर हामीसँग खोज्ने बाहेक अन्य कुनै विकल्प पनि थिएन।"

प्रहरीको अनुसन्धानको क्रममा खेतमा गिलो माटो भएको ठाउँमा गाडिएको अवस्थामा सुजिताको शव भेटिएको हो । घटनास्थलमा बोरामा केही शवका अवशेष, केशका रौंहरु, नूनका प्याकेट र अन्य पदार्थहरु भेटिएपछि सो स्थानलाई शिल गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश कुमार आर्चाले बताए ।

आचार्यले भने, ‘बरामद भएका वस्तु शव वा शवको अवशेष हो वा होइन भन्ने यो तथ्य फरेन्सिक टेष्टबाट मात्र पत्ता लाग्छ, तन्नामा बेरिएको, केही गल्ने वस्तुहरु प्रयोग भएको खनिज पदार्थ भेछिएको छ, तर यकिन छैन आखिर भेटिएको वस्तु के हो ? त्यसैले केही भन्न सक्ने अवस्था छैन ।’

पीडित पक्षले गत साता सुजिताको ससूरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देवरानी २५ वर्षीया रोमा ठाकुर विरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोज्दा तत्काल प्रहरीले उक्त जाहेरी लिन इन्कार गरेको थियो ।

त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए । मृतक सुजिताका श्रीमान् सुस्त मनस्थितीका छन् । हाल पनि उनी श्रीमतीबारे बेखबर छन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.