शुद्धीकरणमा राजनीति
राजनीतिक दलहरूको नियत सफा भए जुनसुकै नीतिबाट पनि देश समृद्ध बन्छ
हाम्रो राजनीतिको निर्मम समीक्षा गर्ने बेला भएको छ। देशको असफलताको मूलकारक भनेर दोष लगाइएको ३० वर्षे पञ्चायत अन्त्य भएको पनि ३० वर्ष बढी भइसकेको छ। दलहरूबाट आशातीत विकासको प्रत्याभूति नभएपछि बहुदलीय व्यवस्थाले मात्र नहुने रहेछ। संघीयता र गणतन्त्रले मात्र देश विकसित बन्छ भनेर आफ्नो असक्षमता तथा असफलतालाई लुकाउने प्रयास भयो। परिणामतः गणतन्त्र घोषणाको १३ वर्ष अनि संघीयता कार्यान्वयनको समेत झन्डै एक कार्यकाल बित्न लाग्यो। बहुदलीय व्यवस्थाको सुरुआतीसँगै सत्तारोहण गरेका कृष्णप्रसाद (केपीदेखि) स्थिर अनि बलियो सरकारको माध्यमबाट विकसित देशको सपना बाँडेका केपी (खड्गप्रसाद) सम्मले सत्ताको बागडोर हाँके।
२०४७ देखि २०७४ सम्मको २७ वर्षमा राजनीतिक दलका २३, तत्कालीन राजाका दुई र दलरहित एक गरी २६ सरकारहरू बने तर जति सरकार बने पनि संस्कारचाहिँ फेरिएन। हाकिम फेरिए हुकुम र हैकम फेरिएन, शासक फेरिए शासन फेरिएन, खुकुरी फेरिए प्रहार फेरिएन, साहु फेरिए शैली फेरिएन, ब्याधा फेरिए तीर फेरिएन, पात्र फेरिए पद्घति फेरिएन, अचानो फेरियो यद्यपि चोट फेरिएन। अहिले पनि सत्ताका आकांक्षीहरू विगतमा नै पटक÷पटक परीक्षण अनि असफल भएकै पात्रहरू हुन्। उनीहरूले पनि संस्कार फेर्न सकेका थिएनन् र सक्ने ल्याकत राख्दैनन्। के सरकार फेर्दैमा र चुनाव गर्दैमा देशले प्रगतिको बाटो समाउँछ ? किञ्चित समाउँदैन, निर्वाचन गर्दैमा कुहिएको आलु फ्रेन्चफ्राई हँुदैन। सरकार वा व्यवस्थाको परिवर्तनले मात्र स्वतः विकास अनि सभ्यता सम्भव बन्दैन। देशको प्रगतिमा नीतिभन्दा राम्रा नेता, उनीहरूको असली नियत अनि क्षमता महŒवपूर्ण हुने शाश्वत विश्वपरिदृश्यलाई आत्मसात गर्नुपर्छ।
नीति होइन, नियत हेरौं
राजनीतिक दलहरूको नियत सफा भए जुनसुकै नीतिबाट पनि देश समृद्ध बन्छ। नीतिका प्रयोेगकर्ताहरू बेवकुफ भए हरेक कल्पना र परीक्षण अफापसिद्घ हुन्छ। पुँजीवादी शासन नाम दिइएका थुपै्र देशहरूमा सर्वसाधारणलाई निःशुल्क सरकारी सार्वजनिक यातायातको व्यवस्था छ। सरकारले सहरका मुख्य ठाउँमा संकलन केन्द्र राखेर उच्च घरानियाबाट लत्ताकपडा र खाध्यवस्तु दान गर्न लगाउँछ अनि गरिबहरूलाई वितरण गर्दछ। पुँजीवाद कै उच्चस्वरूप भनेर व्याख्या गरिने अधिकांश युरोपियन देशहरूमा शिक्षा तथा स्वास्थ्य निःशुल्क र रोजगारीको उच्च प्रत्याभूति छ। प्रत्यक्ष निर्वाचित कार्यकारीको पद्घतिमा संसद्को सार्वभौमिकता गुम्छ र निरंकुशताको सम्भावना हुन्छ भनेर अड्चन थाप्नेहरूले किन अमेरिका र रसिया जस्ता सफल एवं सक्षम मुलुकहरूको इतिहास विर्सिएका छन् ?
एकथरि संघीयताले नै सबै बिग्रिरहेको, सर्वनाश हुन लागेको अनि देश र नागरिकता पनि अर्कैको हुन सक्ने त्रास देखाउँछन्। अर्काथरी संघीयता भएकै कारण आम उन्मुत्तिाmसाथ सम्पूर्ण आर्थिक सामाजिक, सांस्कृतिक समस्याहरूको जादुमय निराकरणको आधार बनेको तर्क दिन्छन्।
हिटलर, नेपोलियन बोर्नापाट अनि जुलियस सिजरजस्ता खराब पात्रहरूलाई मात्र उदाहरणमा प्रस्तुत गर्नेले सी चिङ फिङ, निकोलस सार्कोजी, विड्रो विल्सन, फ्राकंलिन डी रूजभेल्ट, दाईसिया पिगंजस्ता नामहरूलाई किन सम्झदैनन् ? प्रधानमन्त्री पद्घतिमा रहेका भारत तथा बेलायत दुवैले प्रगति र सभ्यतामाथि ठूलै बाजी मारेका छन्। ली क्वान, महाथिर वीन महोमद, मारग्यारेट थ्याचरजस्ता संसदीय प्रधानमन्त्रीको इतिहास स्वर्णीम छ। छिमेकी भारतमा कसैको स्पस्ट बहुमत नहुँदा पनि पूर्वप्रधानमन्त्री मनमोहन सिंहले बिनाअवरोध दुवै कार्यकाल पूर्ण समय सरकारको नेतृत्व गरे। अमेरिकामा प्रजातान्त्रिक र चीनमा साम्यवादी प्रणाली छन्। गम्भीर मतभेद अनि बेमेलसहित फरक विचार र सिद्घान्तमा आधरित ती राजनीतिक चेतनाबीच दुवै राष्ट्र सफलताको यात्रामा उत्तिकै अब्बल छन्।
भारत गणतन्त्रमा र बेलायत राजतन्त्रमा छन् परन्तु उनीहरूको विकास भएकै छ। प्रगति चुलिएकै छ, अग्रगमन निरन्तर छ। स्वीडेन, जापान, युनाइटेड अरब इमिरेटस, कुवेत, डेनमार्कजस्ता राष्ट्रमा राजतन्त्र नै प्रिय छ। अमेरिका, भारत, चीन, फ्रान्समा गणतन्त्र उत्तिकै सफल छ। संसदीय पद्घति नै अवलम्वन गरेका इथियोपिया, लिविया, इराक असफल रहे पनि क्यानडा, भारत, जापान, कुवेत, सिंगापुर, बेलायत, डेनमार्क, फिनल्यान्ड, जर्मनी सफलताका पर्याय छन्। अनि साइप्रस, अर्जेन्टिना, अमेरिकाले सर्वाधिकार सम्पन्न प्रत्यक्ष राष्ट्रपतिकै व्यवस्थाभित्र आफूलाई सबलीकरण गराए पनि अफगानीस्थान, कंगो, इन्डोनेसिया, नाइजेरिया, जिम्माबेजस्ता उदाहरणहरूले राष्ट्रपति आलंकारिक मात्रै हुनुपर्ने तर्कलाई सघाउँछ। मुख्यतः नागरिकलाई व्यवस्थाको नाम र प्रणालीभन्दा व्यवस्थाले दिने काम महŒवपूर्ण सवाल हो।
एकथरि संघीयताले नै सबै बिग्रिरहेको, सर्वनाश हुन लागेको अनि देश र नागरिकता पनि अर्कैको हुन सक्ने त्रास देखाउँछन्। अर्काथरी संघीयता भएकै कारण आम उन्मुक्तिसाथ सम्पूर्ण आर्थिक सामाजिक, सांस्कृतिक समस्याहरूको जादुमय निराकरणको आधार बनेको तर्क दिन्छन्। स्वीट्जरल्यान्ड संघीय छ, उसको विकास र सभ्यताको उचाइ अनि मानवको जीवनस्तर संसारमा सबैका लागि इष्र्यायोग्य र अनुकरणीय छ। युरोपकै अन्य केही मुलुक जस्तै इटाली, फ्रान्स एकात्मक र केन्द्रिय शासन व्यवस्थामा रहेर पनि अरूहरूको विकासलाई धावा बोलिरहेछन्। हामी केवल संविधानलाई हरेक अपेक्षित तथा अनपेक्षित नतिजाको आधार सम्झन्छौं। संसारकै सबैभन्दा व्यवस्थित प्रजातान्त्रिक अभ्यास हुने र प्रजातन्त्रको जननी मानिने बेलायतसँग आजसम्म लिखित संविधान नहुँदा पनि ऊ अरू सबैका लागि अनुकरणीय हिसाबमा चलेकै छ।
न्युजील्यान्ड तथा इजरायलमा संविधान नभएका कारण विकासमा कुनै बे्रक लागेको छैन। तसर्थ अबको बहस व्यवस्थामा होइन, विकासका खाका र अभ्यासमा हुनुपर्छ। समस्याको चुरो कुरो त यो हो कि झन्डै पछिल्ला ४० वर्ष देशको राजनीति उही पात्रका वरिपरि घुमेको छ। विश्राम लिनुपर्ने उमेर समूहका मानिसले निरन्तर र पटकपटक अनि अवैधानिक हिसाबले शक्तिमा आशक्ति देखाउँदा पनि दलभित्रको युवा पुस्ता निस्क्रिय अनि लाचार बनेपछि दलीय व्यवस्थाको सौन्दर्यसमेत क्षीण हुन्छ। अधिकांश नेता राजनीतिक इमान्दारिता अनि परिस्कृत संस्कार छाडेर पद र शक्तिका लागि सदैव आशक्ति देखाउँछन्। औसत आयु ६७ रहेको देशमा शक्तिका लागि उत्साहित र आकांक्षी अधिकांश यो उमेरसमूह हाराहारी वा माथिका छन्।
माक्र्सवादी अमेरिकी विश्लेषक नोम चोम्स्की यस्तो अवस्थालाई प्राविधिक हिसाबले मृत मानिसहरूको शासनको उपमा दिन्छन्। अब, राजनीतिमा नयाँ विवेकको उच्च आवश्यकता छ। ‘बुढ्यौली र नेृतत्व’ शीर्षकमा शोधार्थीद्घय क्यार्थिन रोजिङ र फ्रान्जिका जनम्यानको अनुसन्धानमा विभिन्न देशका ७७ प्रतिशत सहभागीले युवा नेतृत्व मात्रै सक्षम तथा विश्वासिलो भनेका छन्। देशको समुल सकारात्मक परिवर्तनको योजना तथा जनताका समस्या हल गर्ने अठोट र अभ्याससहित युवाले दलको नेतृत्व गर्ने हिम्मत राख्नुपर्छ र राजनीतिलाई विज्ञता आधारित विकासमा लैजाने अठोठ गर्नुपर्छ।
युवा नेतृत्व र विज्ञता आकर्षण
विगतमा अमेरिकामा ओबामा ४६ वर्षमा राष्ट्रपति, बेलायतमा ड्याभिड क्यामरुन ४३ वर्षमा प्रधानमन्त्री, गणतन्त्र कंगोमा जोसेफ काबिला ३० वर्षमा राष्ट्रपति बनेको धेरै भएको छैन। सन् १७८३ मा विलियम पिट २४ र १९०४ मा जोन वास्टन ३७ वर्षमा बेलायती प्रधानमन्त्री थिए। अधिक अर्थसामाजिक परिवर्तनका बाहक भएका लोकप्रिय अमेरिकी राष्ट्रपतिद्घय रुजबेल्ट ४२ र रेगन ४३ मा सत्तासिन भए। विकास नमुनामा एउटा अलग सिद्घान्त नै प्रतिपादन गरेकी थ्याचर ५४ मा बेलायती प्रधानमन्त्री बनिन्। टोनी ब्लेयर ४२ मा प्रधानमन्त्री भए। सन्ना मरिन (३४) फिनल्याण्डमा प्रधानमन्त्री, नायव बुकेले (३९) सल्भादरको प्रधानमन्त्री, जसिन्दा अर्डेन (४०) न्युजिल्याण्डकी प्रधानमन्त्री, इम्यानुएल म्याक्रो (४२) फ्रान्सको राष्ट्रपति यस श्रृंखलाका वर्तमान उदाहरण हुन्। ती देशमा औसत आयु ८० माथि छ।
जीवनको मध्य समय र सशक्त उर्जा भएकाहरूको नेतृत्व रहँदा फरक सोच, जाँगर, क्षमता प्रस्फुटित हुन्छ। उर्जावान् समयमा देशका लागि उच्च रचनात्मक योगदानको अभिप्राय तथा अभ्यास सम्भव रहन्छ। स्टेफन बक्लेयीको पुस्तक ‘द प्राइममिनिस्टर एन्ड क्याबिनेट’ले भन्छ युवाहरूको सघन वर्चश्व तथा नेतृत्व भएको राजनीति गतिशील मात्र होइन सकारात्मक अनि उत्पादकसमेत देखिन्छ। जनसेवाका अनुपम क्षमता, सोच, अठोट अनि नागरिक समर्थन पनि रहन्छ। अफसोस यहाँ युवालाई राजनीतिले आकर्षण गरिरहेको छैन। अर्कोतिर दलभित्रका युवाहरू नेतृत्व लिन हैन, नेतृत्वप्रति लम्पट बन्न रुचाउनुले दलीय वितन्डा र विवेकहीनता झन् मौलाउँदैछ। त्यसैले, हरेक दलभित्रका युवा नेतृत्वले बासी पुस्तालाई काशी पठाएर आफूहरूलाई मैदानमा अगाडि सार्दै विकास समर्पित विज्ञताले निर्देशन गर्ने राजनीति (पोलिटिकल मेरिटोक्रेसी) स्थापित गर्नुपर्छ।
राजनीतिमा विभिन्न सेवा÷समूहका विज्ञ मानिसको संलग्नता अर्को बाध्यकारी आवश्यकता हो। विकासोन्मुख गतिविधिहरूको सघनतालाई प्राविधिक ज्ञानको पर्याप्तताका लागि राजनीतिमा विभिन्न क्षेत्रका विज्ञहरूको पदार्पण आवश्यक छ, विश्व इतिहासमा यस्ता प्रशस्त उदाहरण छन्। न्युयोर्कमा सन् २००० का प्रख्यात मेयर माईकल ब्लुमवर्ग, इटालीका सिल्भियो वर्लस्कुनी, फ्रान्सका सर्ज ड्यासल्ट, युईएईका खालिफा बीन जायद अल नायन व्यापार र उद्यमका क्षेत्रबाट राजनीतिमा आएर सफल बने। विज्ञानमा ग्य्राजुएटेड भारतका ११औं राष्ट्रपति कलाम एरोनेटिक अनुसन्धानको जागिर छाडी राजनीतिमा लागे। सन् १९९१ का रुसी राष्ट्रपति बोरिस योल्तसिन निर्माण कम्पनीमा संलग्न थिए। फ्रान्कलीन रुजबेल्टमा पत्रकारिता अनि कुनै बेला मिन्नोसोट्टाका गर्भनर जेसस भेन्तुरामा फिल्म निर्देशनको गहिरो अनुभव थियो।
अमेरिकाको राजनीतिक अभ्यासमा पछिल्लोपटक वकिलको संख्या अधिक छ। आर्थिक विकासमा द्रुतगति लिएका चीन, जापान, कोरिया, भियतनाममा प्राध्यापक विद्घान्हरूको सघन राजनीतिक संलग्नता देखिन्छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खान क्रिकेटको अनुभवसँगै राजनीतिमा आएका हुन्। युक्रेनका बक्सिङ खेलाडी भित्ली क्लक्स अनि लाइबेरियाका फुटबल टिम प्रमुख जर्ज वोयको राजनीतिक पदार्पणसमेत राम्रै भएको थियो। जे ब्लोन्डेलको पुस्तक ‘वल्र्ड लिर्डरस’ले निष्कर्ष दिन्छ कि कुनै अन्य पेशागत क्षेत्रमा विज्ञ अनुभवी मानिस राजनीतिमा आउँदा कम्तिमा दुईवटा फाइदा हुन्छन्। उनीहरूले आफ्नो जीविकोपार्जनका लागि देशको ढुकुटी दुरूपयोग गर्नुपर्दैन अनि उनीहरूसँग आफ्नो क्षेत्रको द्रुततर अभिवृद्घि गर्न प्रशस्त अनुभव र कौशलता रहन्छ।
तसर्थ विभिन्न क्षेत्रबाट चामत्कारिक विज्ञ पात्र राजनीतिमा ल्याउने प्रयास हुन्छ। नेपालमा पनि सोच समुन्नत राष्ट्रको, समृद्घि फाउन्डेसन, प्रवुद्घ संघलगायतले यस्तो बहस चलाउँदैछन्। युवा नेताले यस प्रकारको भूराजनीतिक आवश्यकता र वास्तविकतालाई गहिरिएर मनन गर्नुपर्छ। नीतिको बहस छाडेर नियतमा गम्भीर सुधार, युवा पुस्ताको सघन हस्तक्षेप र सम्भव भएसम्मको विज्ञता आकर्षणले मात्र राजनीतिलाई नयाँ रूप दिनसक्छ। राजनीति शुद्धिकरणको पहिलो प्रयास यहीबाट सुरु हुनुपर्छ।