गुराँस गाउँपालिकाको योजना: यौनिक तथा लैंगिक अल्पसंख्यकलाई मासिक भत्ता

गुराँस गाउँपालिकाको योजना: यौनिक तथा लैंगिक अल्पसंख्यकलाई मासिक भत्ता

दैलेखः यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचानलाई दैलेखको गुराँस गाउँपालिकाले मासिक भत्ता दिने नीति अघि सारेको छ ।

आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा पछाडि पारिएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई मासिक भत्ता उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । अघिल्लो साता गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई जोड दिँदै यस्तो नीति ल्याएको जनाएको छ ।

‘गाउँपालिकाले गाउँपालिकाभित्र खुल्नुभएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको संरक्षण र सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउनेछ,’अध्यक्ष ओलीले भने ।

गाउँपालिकाले जोखिममा परेका सामाजिक र पारिवारीक वहिष्करणमा परेका हिंसा पीडित महिला र बालबालिकालाई पुर्नस्थापना संरक्षण र शसक्तिकरण गर्ने नीति अघि सारेको छ । त्यसका लागि जीवन सुरक्षा कोष, जोखिम बालबालिका संरक्षण, महिला र बालबालिका जोखिम कोष, महिलासँग उपाध्यक्ष, गरिबसँग विश्वेश्वर अध्यक्ष रोजगकार कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

दलित, महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, आदीवासी जनजाती, लोपोन्मुख राउटे, जोखिममा परेका बालबालिका, एकल महिलाको शसक्तिकरण र आयआर्जनका लागि सीपमुलक तालिम लगायत विशेष कार्यक्रमहरु सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

लैङ्गिक समानता हासिल गर्ने, सबै किशोरीहरु र बालबालिकालाई सशक्त बनाउन ठोस कार्यक्रमहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै बाल विवाह, कम उमेरमा गरिने विवाह, जवर्जस्ती विवाह, यौन हिंसा तथा दुर्व्यवहारलाई निरुत्साहित गरिने गाउँपालिकाको लक्ष्य छ ।

गाउँपालिकाले छोरा र छोरीबिचको विभेद निरुत्साहित गर्न ‘मेरो छोरी जीवन भरी’ भन्ने नारा सहित एक वा दुई छोरीमा परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने भएको छ । साथै बृद्ध आमाबुबा प्रतिको छोरा बुहारीको दायित्वलाई आत्मसाथ गर्दै सासू ससूरालाई राम्रो हेरचाह र पालन पोषण गर्ने बुहारीहरुलाई सम्मान गर्न ‘सासू ससूरा स्याहार बुहारी सम्मान कार्यक्रम’ सञ्चालन गरिने बताइएको छ ।

सबै प्रकारका सामाजिक सुरक्षा कार्यक्रमलाई बैंकिङ्ग प्रणालीमा आवद्ध गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दाइजोप्रथा, छाउपडी प्रथा, बाल विवाह, जातीय छुवाछुत जस्ता कुरितिको रुपमा रहेको प्रर्थाको अन्त्यका लागि सामाजिक सांस्कृतिक रुपान्तरणका कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

गाउँपालिकाले आर्थिक विकासका लागि कृषि, सिंचाई तथा पशुपालन, उद्योग तथा वाणिज्य, पर्यटन,  सहकारी सम्बन्धी नीतिहरु ल्याएको छ । सामाजिक विकासका लागि शिक्षामा विद्यार्थीसँग अध्यक्ष कार्यक्रम ल्याएको छ । गाउँपालिकाले गरिब, जेहेन्दार, आदीवासी जनजाति, द्धन्द्धपीडित र अपाङ्ग विद्यार्थीहरुलाई विद्यालय शिक्षा र उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि छात्रवृत्ती उपलब्ध गराउने नीति ल्याएको छ ।

गाउँपालिकामा प्राज्ञिक क्षेत्रको विकासका लागि विद्यावारिधी, ईन्जिनियर, पाइलट, एमफिल अध्ययन गर्ने विद्यार्थीलाई रु एक लाख छात्रवृत्ती उपलब्धत्र गराउने भएको छ । यस्तै मेडिकल साइन्समा एमविविएस अध्ययन गर्ने विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालयको भर्ना गरिएको अभिलेखका आधारमा १० लाख रुपैयाँ छात्रवृत्ती उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा कोरोना रोकथाम, १५ शैय्याको अस्पताल निर्माण, मुटु, दम, क्यान्सर, मृगौला, प्रेसर लगायत दिर्घ रोगीको लगत संकलन र आर्थिक सहायता, गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम लगायत कार्यक्रम अघि सारेको छ । विभिन्न खानेपानी आयोजनाहरु सम्पन्न गरी गाउँपालिकाका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुविधा पुर्‍याउने र सरसफाईमा पहुँच पुर्‍याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

संस्कृति प्रवर्द्धनतर्फ लोपोन्मुख राउटे जाती र गुरुङ जातीको भाषा, लिपी, सभ्यतालाई संरक्षण र सम्वर्द्धन, थामेलेकमा स्थापना गर्न लागिएको राउटे संग्रहालय निर्माणको कार्य अगाडि बढाउने लगायत कार्यक्रमहरु अघि सारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५५ करोड १७ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.