काइँलाको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं : मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) को स्वास्थ्य अवस्थामा सुधार आएको छ।
आयामेली कवि काइँलालाई बिहीबार राति ओम अस्पताल भर्ना गरिएको थियो। काइँलाकी छोरी नामोती नेम्बाङका अनुसार देब्रे भागमा मस्तिष्कघात भएका कारण शरीरको दायाँ भागमा असर परेको छ। ‘शरीरको दायाँ भाग चलाउन असहज भएको छ। विस्तारै जीउ चटपटाउन थाल्नुभएको छ। बोली लर्बरिएको छ’, उनले भनिन्। चिकित्सकले ‘इस्केमिक स्ट्रोक’ भएको परिवारलाई जानकारी दिएका छन्।
सुकेधारास्थित घरमा बसिरहेकै बेला बिहीबार राति एक्कासि बेहोस भएपछि काइँलालाई अस्पताल भर्ना गरिएको थियो। ८२ वर्षीय काइँला कोरोना महामारीका कारण एक वर्षयता घरमै बसेर आफ्नो प्रकाशोन्मुख अंग्रेजी अनूदित संग्रहमाथि काम गरिरहेका थिए।
प्रतिक्रिया दिनुहोस !
५