युरोकप फुटबल : बाहिरियो साविक विजेता पोर्चुगल

युरोकप फुटबल : बाहिरियो साविक विजेता पोर्चुगल

सेभिल : साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम १६औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभिलमा आइतबार राति भएको अन्तिम १६ को खेलमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।

सेभिलस्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरेका थिए। खेलको ४२औं मिनेटमा हाजार्डले गरेको गोल बेल्जियमको  जितमा निर्णायक बनेको थियो। थोमस मुनिएरको पासमा उनले डीबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।

पोर्चुगलले पनि केही राम्रा अवसर बनाए पनि गोल गर्न भने सकेन। पोर्चुगलको पटकपटकको आक्रमणलाई बेल्जियमका गोलरक्षक थिबाउट कर्टोइसले विफल पारेका थिए। दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल हुन सकेन। समूह चरणको तीनवटै खेलमा गोल गरेका रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन्।

बेल्जियम क्वार्टरफाइनलमा पुग्ने चौथो टोली बनेको छ। यसअघि इटाली, डेनमार्क र चेक रिपब्लिकले अन्तिम आठमा स्थान बनाइसकेका छन्। बेल्जियमले क्वार्टरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा अपराजित बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। 

फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले तीन खेलमा नौ अंक जोडेको थियो। पोर्चुगलले ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा स्थान बनाएको थियो। समूह चरणमा तीन खेलबाट चार अंक जोडेको पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट चरणमा पुगेको थियोे।

यसैगरी अर्को खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिकले पनि अन्तिम आठमा स्थान बनायो। आइतबार राति हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा समेटिएको नेदरल्यान्ड्सलाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। चेकका लागि टोमस होल्स र प्याट्रिक सिकले एक/एक गोल गरेका थिए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेक रिपब्लिकले दुई गोल गरेको थियो। ५५औं मिनेटमा नेदरल्यान्ड्सका माथिज्स डी लिग्टाले रातो कार्ड पाएपछि त्यसैको फाइदा उठाउँदै चेक रिपब्लिकले दुई गोल गर्‍यो।

त्यसपछि ६८औं मिनेटमा टोमस होल्सले हेड गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। ८०औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेक रिपब्लिकको अग्रता दोब्बर पारेका थिए। उनले टोमस होल्सको क्रसमा गोल गरेका थिए। जारी युरोकपमा सिकको यो चौथो गोल हो। 

चेक रिपब्लिकले अब क्वार्टरफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘डी’ मा तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको चेक रिपब्लिकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता बनेको नेदरल्यान्ड्सलाई पराजित गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.